विश्वकप क्रिकेट : आयोजक इंग्ल्यान्ड र वेष्ट इन्डिजको भिडन्त आज, कस्को पडला भारी ?

SHARE:
  •  
  •  
  •  

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपमा आज आयोजक इंग्ल्यान्डले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उक्त खेल साउथह्याम्पटनस्थित रोज बल रंगशालामा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।

यस विश्वकपमा बर्षाले अहिलेसम्म चार खेल रद्ध भएको अवस्थामा यो खेलमा पनि वर्षाले प्रभाव आंशिक रुपमा पार्ने बताइएको छ । हल्का बर्षा हुने अनुमान भएपनि पुरै खेल भने रद्ध हुने सम्भावना नरहेको बताइएको छ ।

वेष्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । तर दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले हारेको थियो । वेष्ट इन्डिजको तेस्रो खेलमा भने वर्षा बाधक बन्यो ।

यता, पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो जित निकालेको इंग्ल्यान्ड दोस्रो खेलमा भने पाकिस्तानसँग नराम्ररी पछारिएको थियो । पाकिस्तानसँग १४ रनले पराजित भएको इंग्ल्यान्ड तेस्रो खेलमा भने बंगलादेशलाई १०६ रनले पराजित गर्न सफल भयो ।

वेस्ट इन्डिजमा एक सय एक ब्याट्सम्यान छन् । यसैगरी सँधै बलियो छबि बनाएको इङ्ल्यान्डले अहिलेसम्म विश्वकप उपाधि चुम्न नसकेको छैन । यसपटक घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेको इङ्ल्यान्ड उपाधि हत्याउने अभियानमा छ । इङ्ल्यान्डमा पनि क्षमताबान ब्याट्सम्यान र बलर छन् । आजको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई बलियो चुनौती दिनेछ ।

वेस्टइंडीज : जेसन होल्डर (कप्तान), क्रिस गेल, इविन लुइस, डारेन ब्रावो, शिमरोन हेटमायेर, एशले नर्स, फाबियान एलेन, आंद्रे रसेल, कार्लोस ब्रैथवेट, निकोलस पूरन (विकेटकीपर), शाई होप (विकेटकीपर), केमर रोच, ओशाने थॉमस, शेनन गैब्रिएल, शेल्डन कॉटरेल.

इंग्लैंड : इयोन मोर्गन (कप्तान), मोइन अली, जोफ्रा आर्चर, जॉनी बेयरस्टो (विकेटकीपर), जोस बटलर, टॉम कुरैन, लियाम डॉसन, लियाम प्लंकट, आदिल राशिद, जोए रूट, जेसन रॉय, बेन स्टोक्स, जेम्स विंसे, क्रिस वोक्स, मार्क वुड.

Comments

comments

सम्बन्धित शीर्षकहरु