घाईते धवनलाई टिममा राख्ने कि ऋषभ पन्तलाई ल्याउने ? पहिलो पटक कप्तानले खोले रहष्य

SHARE:
  •  
  •  
  •  

काठमाडौं । चोटकै कारण करिब तीन साता मैदान बाहिर रहने भारतीय क्रिकेट टिमका महत्वपूर्ण सदस्य शिखर धवन छिट्टै निको हुने र टिममा फर्किने कप्तान विराट कोहलीले बताएका छन् ।

अष्ट्रेलियाविरुद्ध भारतले ३६ रनको जित हात पार्दा धवनले शतकसहित ११७ रन बनाएका थिए । अष्ट्रेलियाका बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

करिब तीन सातासम्म मैदान बाहिरै रहने भनिए पनि कप्तान विराट कोहलीले भने धवन टिममा छिट्टै फर्किने बताएका छन् । उनले भने, ‘धवनको हातमा दुई सातासम्म प्लास्टर हुनेछ । उनको अवस्था के हुन्छ । त्यसपछि हामी निर्णय गर्नेछौं ।

कप्तान विराटले थपे, ‘हामीलाई आशा छ उनको चोट चाँडै निको हुनेछ । लिग खेलमै उनी खेल्न सक्ने हुनेछन् ।’ धवन ठिक नभए उनको स्थानमा रिषभ पन्तले ठाउँ पाउने छन् । रिषभ यसअघि नै इंग्ल्यान्ड पुगिसकेका छन् । तर उनी भारतीय क्रिकेट टिममा भने छैनन् ।

फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान घटुवा

विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल चार स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औं स्थानमा पुगेको छ । नेपाल यसअघि १ सय ६१ औं स्थानमा रहेको थियो ।

नेपालले यसै महिना मलेसिया र चाइनिज ताइपेइसँग २ वटा मैत्रिपूर्ण खेल खेलेको थियो जसमा एक खेलमा बराबरी र एक खेलमा हार बेहोरेको थियो । नयाँ वरीयता अनुसार नेपाल दक्षिण एसियाली स्तरमा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १ सय १ र माल्दिभ्स १ सय ५१ औं स्थानमा रहेका छन् ।

नेपालभन्दा तल बंगलादेश १ सय ८३ औंँ, भुटान १ सय ८६ औंँ, श्रीलंका २ सय १ औँ र पाकिस्तान २ सय ३ औंँ स्थानमा रहेका छन् । विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंङ्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु