प्रकाश सपुतसँग शम्भु राईको डिमाण्ड ! अब म छोडदिन, ठुलो दुर्घटना हुन्छ …..(भिडियो सहित)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ ।

गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो । पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो गरे । आफूले ५ बर्ष अगाडि गाएको ‘देउसी भैली’ गीतसँग प्रकाशको ‘गलबन्दी’ को लय मिलेको उनको दाबी छ ।

शम्भु राई कतिसम्म आक्रामक रूपमा प्रस्तुत भए यौटा भिडियोमा भने आफ्नो गीत गलबन्दी सँग नजुधेको भनेर गलबन्दीको समर्थनमा अभिव्यक्ति दिएका गायक भगवान् भण्डारीलाई ‘डोनाल्ड ट्रम्पको दास’ सम्म भनिदिए।

गायक भण्डारी हाल अमेरिकामा रहेका छन्। उनको अमेरिका बसाई र कलाकारिताबाट पलायन को सन्दर्भमा पनि राई निकै आलोचनात्मक रूपमा प्रस्तुत भएका छन्। यसको मतलब गलबन्दी गीतमाथि को उनको दाबीलाई सजिलै छोड्ने पक्षमा राई नरहेको बुझ्न सकिन्छ। हेर्नुहोस् भिडियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु