अन्तत : चर्को आलोचना भएपछि सरकारद्वारा गुठी विधेयक फिर्ता

SHARE:
  •  
  •  
  •  

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो ।आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको छ ।

विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन् । त्यसोत, मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण बिथोल्न कोसिश भएका कारण सम्बन्धित निकायसँग थप छलफल गर्नुपर्ने बताउनुभएको छ ।

पत्रकार सम्मेलन पछि मन्त्री अर्यालको लेटरहेडमा प्रकाशित प्रेस बक्तव्य अनुसार नेपालको संविधानको धारा २९० अनुसार गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यस्थित गर्न ल्याएको विधेयकबारे भ्रम सिर्जना गराउने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिस भएकोले यो विधेयक फिर्ता लिजे निर्णय गरेको उल्लेख गरेकी छिन् ।

लोकतान्त्रिक आवरणमा काँग्रेसको चरित्र संकीर्णवादी : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा संसदीय परम्पराको सम्मान गर्ने नेपाली काँग्रेसले संसदमा आज असंसदीय चरित्र पेश गरेको आरोप लगाउनु भएको छ । आज प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदहरुले बेल घेराउ गरेपछि सम्बोधन गर्न नपाएपछि असन्तुष्ट बन्नु भएका प्रधानमन्त्री ओलीले अपरान्ह विशेष पत्रकार सम्मेलन गर्दै काँग्रेसलाई लोकतान्त्रिक दल नभएकोसम्मको आरोप लाउनु भयो ।

उहाँले समसामयिक विषयमा जानकारी गराउने , सरकारले गरेको निर्णय बारे संसदलाई जानकारी गराउने अधिकार प्रधानमन्त्रीलाई हुने भन्दै लामो समय लोकतन्त्रका लागि लडेका शेरबहादुर देउवाको नेतृत्वमा नै बेल घेराउ गर्नु दुःखद पक्ष भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संसदमा पहिला प्रधानमन्त्रीले त्यसपपछि विपक्षी दलको नेताले बोल्ने चलन विश्वव्यापी भएको चर्चा गर्दै भन्नुभयो ‘काँग्रेसले लोकतन्त्रको आवरण भित्र केही समयदेखि संकीर्णवादी चरित्र देखाउदै आएको छ । ’ काँग्रेसको पछिल्ला गतिविधिप्रति असन्तुष्ट रहनु भएका प्रधानमन्त्री ओलीले काँग्रेसको रवैयाले लोकतान्त्रि अभ्यास अघि बढ्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा सरकार प्रेस स्वतन्त्रता, मौलिक अधिकार जस्ता कुरा कटिबद्ध भएको भन्दै शान्ति स्थापना, स्थिरता, स्थायित्व, तथा समृद्धिको काममा लागेको बताउनु भएको छ । केही तत्वहरु सरकारले लिएको समृद्धिको नारामा कटिबद्ध भएर लागेको देखेर आत्तिएको आरोप लगाउनु भएको छ ।

सरकारले लिएको लक्ष्य तथा देशको स्थायित्वसंगै आर्थिक समद्धि हासिल गर्न लाग्दा आत्तिएपनि सरकार यो विषयमा कटिबद्ध भएको जनाउनु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई इंगित गर्दै विधेयक आउने वित्तिकै खाली माइघर मण्डला जाने बानी परेकाहरुले छलफलको माध्यमलाई अगाल्दा पनि राम्रै हुने भन्दै व्यग्य समेत गर्नुभयो । आवेश, उत्तेजना र भावनामा बग्ने भन्दा पनि जनताको अधिकार सुनिश्चिततामा लागि पर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु