श्रीमान बर्षौ देखि बिदेशमा श्रीमतीको नेपालमा गर्भपतन

SHARE:
  •  
  •  
  •  

स्याङ्जा । स्याङ्जामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढेको छ । बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माले जानकारी दिएकी छन् ।

कानुन अनुसार विवाहको लागि मान्यता दिइएको उमेर २० वर्ष भएपनि सो भन्दा कम उमेरकालगायत ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको अनमी शर्माले बताएकी छन् । उनले भनिन्, “१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।” श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने गरेको शर्माको भनाइ छ ।

त्यस्तै जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको छ । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताइएको छ ।

परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको र यसबारे विद्यालय र क्याम्पसहरुमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु