भारतमा जियो जस्तै नेपाली टेलिकम क्षेत्रमा क्रान्ति गर्दै बिनोद चौधरी , नेपालमा 4G र 5G भित्र्याउन हुवाबेसँग गरे ठुलो सम्झौता

SHARE:
  •  
  •  
  •  

काठमाडौं : चौधरी ग्रुपले चिनियाँ कम्पनी ह्वावेसँग सहकार्य गर्ने भएको छ । चौधरी ग्रुपले ‘फोर जी’ सेवाको लागि ह्वावेसँग सहकार्य गर्ने भएको हो । यसका लागि चौधरी ग्रुप र ह्वावेबीच १० करोड डलर रकमको सम्झौ पनि भईसकेको छ । अब उक्त सम्झौता भएसंगै चौधरी ग्रुपले ह्वावेको फोर जी फोन सेवा नेपालमा ल्याउनेछ । यसअघि वाइवाइ चाउचाउबाट सुरु भएको व्यसाय चौधरी ग्रुपले बैंक , टेलिकम्युनिकेशन , होटल व्यवसाय लगायतका दर्जनौँ क्षेत्रमा पनि आफनो प्रबेश गराएको छ ।

चौधरी ग्रुपको ह्वावेसँग सम्झौता भएसंगै नेपालमा मोबाइल फोनको बजारमा पनि प्रभाव जमाउँने विश्लेषण र टिप्पणी भईरहेका छन् । चौधरी ग्रुपका मालिका बिनोद चौधरीका अनुसार मोबाइलबाट ‘फ्रि भ्वाइस सर्भिस’ उपलब्ध गराउने तर डाटा र अनलाइन पेमेन्टसहित अन्य सेवामा पनि केन्द्रित हुनेछ । अब उक्त सम्झौता अनुसार फोर जी सेवाको लागि चिनियाँ कम्पनी ह्वावेले १० करोड डलर बराबरको प्रविधि उपलब्ध गराइदिने भने फाइभ जी मा पनि विस्तार हुने चौधरीको भनाई छ ।

उनले अबको चार बर्षभित्र नेपालको टेलिकम बजारमा एक तिहाइ हिस्सा कब्जा गर्ने दाबी उनले गरेका छन् ।उनले अन्तराष्ट्रिय मिडियासंग कुराकानी गर्दै भनेका छन् “चाईनिज कम्पनीसंग सहकार्य गर्न कुनै समस्या छैन” । उनले भबिष्यमा चिनियाँ कम्पनीसंग सिमेन्ट सेक्टरमा समेत सहकार्य गर्ने योजना रहेको बताए । यसका लागि ह्वावेसंग मिलेर चौधरी ग्रुपले करिब ११ अर्ब लगानी गर्दै । ह्वावेकै बिषयमा पनि अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको बेला नेपालसंग भएको यस सम्झौतालाई अन्तरािष्ट्रय मिडियाहरुले पनि समाचार बनाएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु