भारतमा धुम मचाएको ‘कबिर सिंह’ को रमेक नेपालमा बन्ने , यी हुनेछन् नायक ( भिडियो सहित )

SHARE:
  •  
  •  
  •  

काठमाण्डौ : शाहिद कपुर अभिनित फिल्म ‘कबिर सिंह’ ले बिश्वभर धुम मच्चाई रहेको अबस्थामा सोहि अनुरुप तेलुगु फिल्म अर्जुन रेड्डी कथासार आधिकारिक रुपमा कपि राइट्स किनेर नेपाली रिमेकमा निर्माण हुने भएको छ ।

उक्त रिमेकमा चर्चित युवा ज्योतिष तथा नायक हरिहर अधिकारीले अभिनय गर्ने बुझिएको छ । भद्रकाली पिक्चर्सको ब्यानरमा निर्माण भएको अर्जुन रेड्डी सन् २०१७ मा बाहुबली २ पछि सर्वाधिक कमाइ गर्ने दक्षिण भारतिय फिल्म बनेको थियो । जसबाट कबिर सिंह साभार गरिएको थियो । भद्रकाली पिक्चर्ससंग कपि राइट्स खरिद गरिसकिएको यस फिल्मको नेपाली रिमेकमा हरिहरले अभिनय गर्ने सम्भावना रहेको कुरा स्रोतबाट थाहा भएको छ ।

नव नायिक भित्राउने ट्रेण्डलाई पछ्याउदै नव नायिका तथा प्राबिधिक र अन्य कलाकारहरुको खोजि भैरहेको बताइएको छ । नेपालमा कपि राइट्स ल्याएको सस्थासंग बुझ्दा मुख्य नायकमा हरिहरसंग कुरा भैरहेको बुझिएको छ ।

नेपालमा बिदेशी फिल्मबाट कपि भएको धेरै फिल्म आए । तर कपि राइट्स नै ल्याएर निर्माण हुन लागेको संभवत यो नै पहिलो फिल्म हो । चोरी वा प्रभाबित भएर फिल्म निर्माण गर्नु भन्दा आधिकारिक रुपमा कपि राइट्स किनेर फिल्म निर्माण गर्दा दर्शकको फिल्म प्रतिको बिश्वास अझ बड्ने र नेपालमा पनि यस फिल्मको क्रेज पहिलाकै २ फिल्मको जत्तिनै हुने कुरामा निर्माण पक्ष बिश्वस्त छ ।

दुई साता भित्र राजधानीमा भब्य कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिने बुझिएको छ । अर्जुन रेड्डीमा बिजय देबेकोण्ड्राले अभिनय गरेका थिए, भने उनको क्रेजलाई यसैले माथि उठायो । र कबिर सिंहबाट शाहिदको क्रेजमात्र उठेन पारिश्रमिक पनि बढेर २१ करोड पुग्यो ।

अब हेर्न बाकी छ शुभ लभबाट आशादित सफलता हासिल नभएको हरिहरको क्रेजलाई यो फिल्मले कस्तो सफलता देला ? हरिहर यतिखेर यहि फिल्मको लागि मज्जाले तयारी गरिरहेका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु