भाइरल मेयर चौधरीले सडक मिचिएर बनाइएको आफ्नै घरका संरचना भत्काए

SHARE:
  •  
  •  
  •  

इटहरी, २४ असार । विभिन्न प्रकरणमा चर्चामा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको दाँतमा लागेको ढुंगो थियो, आफ्नै घरको संरचना सडक मिचिएर बनाइएको ।

पत्रकारको नाकको डाँडी भाँच्ने, माफी माग्ने, ‘र.डी जिन्दावाद’ भन्नेलगायतका विभिन्न प्रकरणका कारण समर्थन र विरोधको विवादमा परेका उनले भनेका थिए– इटहरीमा सडक मिचेका भौतिक संरचना भत्काउने । तर, उनकै घरको संरचनाले सडक मिचेको समाचार आएपछि विवादमा तानिएका थिए ।

चौधरीले उक्त विवाद निरुपण गरी आफ्नो घोषणा कार्यान्वयन गर्न आफ्नै संरचनामा डोजर चलाएका छन् । सडक मिचिएको कम्पाउन्ड वाल भत्काएर उनले अभियानलाई सुरु गरेका हुन् ।

उनको उक्त कामको धेरैले प्रशंशा गरेका छन् । आफूबाटै सुधारको काम गरेको भन्दै उनको अभियानमा साथ दिने कतिपयले बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु