भियग्रा खाएर फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग होटलमा बसेका युवकको प्रा*ण गयो

SHARE:
  •  
  •  
  •  

काठमाडौ । नयाँ बसपार्कको एक होटलमा काभ्रेका २६ वर्षीय युवक मृ*त फेला परेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग होटलमा बसेका प्रमोद गुरुङ गोंगबुस्थित शुभकलश गेष्ट हाउसको १०४ नम्बर कोठामा मृ*त भेटिएका हुन् । म्याग्दी घर भएकी प्रेमिका भेट्नकै लागि गुरुङ एक साताअघि संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका थिए ।

असार ११ गते नेपाल आएकै दिन उनी प्रेमिकासँग सोही होटलमा बसेका थिए । दुई दिन नगरकोट घुम्न गएर फर्किएका उनीहरु फेरि सोही होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार प्रेमिका आफैंले होटलको रिसेप्सनमा आएर आफ्ना प्रेमीको नि*धन भएको खबर गरेकी थिइन् । होटल सञ्चालकले तत्काल खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी पुग्दा गुरुङ सुतेको खाटमा घोप्टो परेको अवस्थामा मृ*त फेला परेका थिए । प्रहरी परिसर काठमाण्डुका डिएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरु बसेको कोठाबाट मा*दक पदार्थ र यौ*न शक्तिवद्र्धक औषधि भि*यग्रा बरामद भएको छ । प्रहरीका अनुसार गुरुङले भि*यग्रा सेवन गरेका थिए । भि*यग्रा सामान्यतः ६० वर्षमाथिका मानिसहरुले यौ*नशक्ति बढाउन प्रयोग गर्ने गरेका छन् ।

युवा उमेरकाले भि*यग्रा सेवन गरेर शा*रीरिक सम्पर्क राख्दा मुटुको चाल उच्च भएर मृत्युको खतरा रहने चिकित्सकहरु बताउँछन् । यद्यपि गुरुङको मृ*त्युको कारण स्पष्ट भइसकेको छैन । घ*टनाबारे छानाबिन जारी रहेको बोगटीले बताए । प्रहरीले अनुसन्धानका लागि मृ*तककी प्रेमिका र होटल सञ्चालकलाई नियन्त्रणमा लिएको छ । श*व पो*स्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु