बलले लागेर रगत बगेपनि ब्याटिङ गरिरहे एलेक्स क्यारी ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाडौं, असार २६ : आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनयो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टिभ स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो । उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले १०३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीले अस्ट्रेलियाले ११७ रन बनाएकाे थिए । आठौं विकेटका लागि स्मिथ र मिचेल स्टार्कले अर्धशतकीय साझेदारी गरे ।

२७ औंँ ओभरमा अदिल रशिदले २ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ फेरि धर्मराएकाे थियो । रशिदको बलमा एलेक्स क्यारी ४६ रनमा आउट हुँदा मार्कस स्टोइनिस खाता नै नखोली पेभेलियन फर्किए । त्यसपछि स्मिथ र म्याक्सवेलले ३९ रनको साझेदारी गरे । तर त्यो साझेदारी पनि लामो हुन सकेन । म्याक्सवेललाई जोफ्रा आर्चरले २२ रनमा आउट गरेका थिए ।

अस्ट्रेलियाका एरोन फिन्च खाता नै नखोली आउट हुँदा जारी विश्वकपमा उच्च लयमा रहेका डेभिड वार्नर पनि व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए । आठौंँ विकेटको रुपमा स्मिथलाई ८५ रनमा जस बट्लरले रन आउट गरेका थिए । नवौँ विकेटका रुपमा मिचेल स्टार्क २९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका अदिल रशिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए । आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

बाउन्सरले लागेर हेल्मेट खसेर रगत आएपनि क्रिज छाडेनन्

अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स क्यारीले घाइते हुँदा पनि ४६ रन बनाएका छन्। इंग्ल्यान्डका जोर्फा आर्चरको बाउन्सर बलमा उनको चिउँडोमा लागेको थियो। आठौं ओभरको अन्तिम बल चिउँडोमा लागेपछि क्यारीको हेलमेट समेत खुस्किएको थियो। तर उनले हेलमेट हातले अठ्याएका थिए। हेलमेटले स्टम्टलाई नलागोस् भनेर उनीले तत्काल हेलमेट समातेका थिए। किनकी हेलमेटले स्टम्टमा लागेको अवस्थामा उनी आउट हुन्थे।

त्यसपछि उनको चिउँडोबाट लगातार रगत बगेको थियो। सुरुवाती ३ महत्वपूर्ण ब्याट्सम्यान आउटको अवस्थामा क्यारी घाइते भएपछि अस्ट्रेलियालाई झन् संकटमा परेको थियो। तर क्यारीले घाइते भए पनि पट्टी लगाएर ब्याटिङ गरेका थिए।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु