नायिका शिल्पा पोखरेल र छवि ओझा बिच भयो यस्तो सहमति…

SHARE:
  •  
  •  
  •  

काठमाडौं । फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलले शान्ति सुरक्षामा आँच आउने गरी कुनै पनि गतिविधि नगर्ने सहमति गरेका छन् । अभिनेत्री पोखरेलले श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकाले आज काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा भएको छलफलमा यस्तो सहमति भएको हो ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीले आपसी शान्ति सुरक्षामा आँच आउने हिसाबले दुवै पक्षबाट कुनै पनि गतिविधि नगर्ने र यदि त्यस्तो घटना हुन पुगे कानूनीरुपमा मुद्दा अगाडि बढाइने सहमति भएको जानकारी दिए ।

सहमतिपछि परिसरमा पत्रकारसँग कुरा गर्दै अभिनेत्री पोखरेलले भनिने, “मलाई जे प¥यो त्यो मैले भोगेँ, यदि कसैले त्यस्तै पीडा भोगिरहनुभएको छ भने तपाई पनि नडराइकन आउनुस् भन्छु ।”

पोखरेलले उक्त घटनामा निर्माता ओझाले क्षमा मागेको बताइन् । फिल्म निर्माता ओझाले सामान्य घरझगडा प्रहरीमा आउनुपर्ने खालको नभए पनि यसमा मेलमिलाप भइसकेको जानकारी दिए । ‘लज्जा’ फिल्मबाट पोखरेललाई ओझाले नै फिल्मको अभिनेत्रीमा ल्याएका थिए । अभिनेत्री रेखा थापासँग सम्बन्धविच्छेदपछि ओझाले पोखरेलसँग विवाह गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु