इंग्ल्याण्डको शानदार सुरुवात , अष्ट्रेलियाको लज्जाष्पद हार हुने संकेत , यस्तो छ ताजा स्कोर

SHARE:
  •  
  •  
  •  

काठमाडौं, असार २६ । आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेशका लागि अष्ट्रेलियाले दिएको २२४ रनको सामान्य चुनौती पछ्याएको इंग्ल्याण्डले शानदार प्रदर्शन गरिरहेको छ । यो खबर तयार गर्दासम्म उसले १३ अोभरमा बिना क्षति ७६ रन बनाएको छ ।

यसअधि बर्मिङ्घममा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ‘अलआउट’ हुँदै २२३ रन बनायो । १४ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियाका लागि स्टेभेन स्मिथले ८५ रन जोडे । चौथो विकेटका लागि स्मिथसँग मिलेर १०३ रनको साझेदारी गर्नेक्रममा एलेक्स क्यारीले ४६ रन बनाए ।

इंग्ल्यान्डका अदिल रसिद र क्रिस वोक्सले समान ३/३ विकेट लिँदा जोफ्रा आर्चरले २ विकेट झारे । लिग चरणको खेलमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले पराजित गरेको थियो । लिगमा अष्ट्रेलिया दोस्रो र इंग्ल्यान्ड तेस्रो स्थानमा रहेर सेमिफाइनलमा भिडिरहेका हुन् । साविक विजेता अष्ट्रेलियाले पाँचपटक विश्वकपको उपाधि जितेको छ भने तीनपटक फाइनलमा पुगेको इंग्ल्यान्ड पहिलो उपाधिको खोजीमा छ ।

यो खेलको विजेताले उपाधिका लागि आइतबार न्यूजिल्यान्डसित खेल्नेछ । पहिलो सेमिफाइनलमा बुधबार भारतलाई १८ रनले हराउँदै न्यूजिल्यान्डले लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गरेको हो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु