अष्ट्रेलियालाई ८ विकेटले हराउँदै २७ बर्षपछि बिश्वकपको फाईनलमा

SHARE:
  •  
  •  
  •  

एजेन्सी । पाँच पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटको लज्जास्पद हार चखाउँदै इङल्याण्ड तेस्रोपटक आइसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सन् १९९२ पछि पहिलो पटक फाइनलमा पुगेको उसले उपाधिका लागि न्युजिल्याण्डसँग खेल्नेछ ।

यी दुवै देशले अहिलेसम्म विश्वकप जितेका छैनन् । न्युजिल्याण्डले बुधबार भारतलाई हराउँदै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गरेको थियो । २२४ को सामान्य स्कोर पछ्याएको इङल्याण्डले बिना दबाब ३२.१ ओभरमै खेल पूरा ग¥यो ।

उसका लागि ओपनरद्वय जासन रोय र जोनी बेयर्सस्टले १२४ रनको साझेदारी गरे । जोय रुट र कप्तान इयान मोर्गनले क्रमशः ४९ र ४५ रन बनाए ।
यसअघि बुधबार भारतकै शैली पछ्याउँदै अष्ट्रेलियाले ६ ओभरमै ३ विकेट गुमाएको थियो ।

स्टिभन स्मिथले ८५ र एलेक्स केरीले ४६ रन जोडेर टिममा स्थीर राख्ने प्रयत्न गरे पनि क्रिस वक्र्स र आदिल रशिदले ३, ३ र जोफ्रा आर्चरले २ विकेट लिएर खेललाई एकतर्फी पारेका थिए । शुरुमै दबाबमा परेको अष्ट्रेलियाले खेलमा फर्कन सकेन र २२३ रनमै सिमित हुनपुग्यो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु