छवि र शिल्पालाई ५ वर्ष जेल ? जेठी श्रीमतीको प्रहरीमा बहुविवाहको उजुरी ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमान्डौ : नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको घर झगडाले केही दिनयता जो कोहीको ध्यान आकृष्ट गरेको छ । तीन वर्ष अगाडि चौथो श्रीमतीको रुपमा छविको घर भित्रिएकी शिल्पाले गएको महिना प्रहरी परिसर टेकुमा घरेलु हिंसा गरेको उजुरी दिएकी थिइन्, श्रीमान् ओझाविरुद्ध । प्रहरी कार्यालयमा दुईले अब कहिल्यै झगडा नगर्ने भन्दै कागजी सहमति गरे पनि शिल्पा भने असुरक्षित महसुस गर्दै घर नफर्किने अडानमा छिन् ।

निर्माता ओझा भने उनलाई घर फर्किन आग्रह गरिरहेका छन् । उनले आफू शिल्पाकै काखमा प्राण त्याग्ने इच्छा रहेको बताएका छन् । शिल्पाले भने अब आफू कुनै हालतमा श्रीमान् ओझासँग नबस्ने बताउँदै आएकी छन् । उनले डिभोर्सका लागि अदालतमा निवेदन दिइसकेको बताएकी छन् । २०७३ असार २९ गते सुटुक्क विवाह गरेका छवि र शिल्पाले गएको ६ महिना अगाडि विवाह दर्ता गरेका थिए । तर, दुईले लामो समय यो कुरा लुकाउँदै आएका थिए ।

यसबीच, छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले श्रीमान् ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृत पुगेकी थिइन् । छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाले बहुविवाहको उजुरी दिएपछि कथामा नयाँ मोड आएको छ ।

हेमाले दिएको जाहेरीमा लेखिएको छ, ‘शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।’ छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छविराज र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

‘२०७५ साल पुष ११ गते निज विपक्षीहरु (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदा हुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ’, जाहेरीमा छविराज र शिल्पालाई कारवाहीको माग गर्दै लेखिएको छ, ‘निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।’

के छ बहुविवाहको कानुन ?

नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने उल्लेख गरिएको छ । उक्त कानुनले बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

भिडियो हेर्नुहोस् :-

Comments

comments

सम्बन्धित शीर्षकहरु