२२ बर्ष नपुगेकाले रक्सी खान नपाउने, जँड्याहाको लिस्ट निकाल्ने ( भिडियो हेर्नुस )

SHARE:
  •  
  •  
  •  

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका सांसद रामनारायण विडारीले ठुलो संख्यामा युवाहरु ला*गू औषध र्दुव्यसनमा फसेको भन्दै चिन्ता जनाएका छन्। र*क्सी र ला*गू औषधको कु*लतले युवाहरु बिग्रिएको भन्दलै उनले त्यसमा सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय सभाको आजको बैठकमा बाोल्दै उनले स्वदेशका युवाहरु कु*लतमा फस्ने र योग्य र क्षमता भएका युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गरे। उनले समयमै त्यसतर्फ विचार पुर्याउनुपर्नेमा जोड दिए। ‘जहाँ बसेर पनि खान पाइने, अस्पताल, मन्दिर जहाँ पनि बसेर खान पाइने देश नेपाल हो। संसारमा निश्चित ठाउँमा मात्रै र*क्सी खान पाइन्छ ।

बिहे गर्नलाई २० वर्ष हुनुपर्ने, र*क्सी खान ६ वर्ष भए पनि हुने? यो त हुँदै भएन’, उनले भने, ‘एउटा सटरमा र*क्सी पसल, अर्कातिर औषधि पसल। कर ड्यामड्यामी आएपछि मोटर चढ्न पाइन्छ भनेर यसरी मनपरी गर्न त भएन नि!’ सांसद बिडारीले २२ वर्ष नपुगेकाले र*क्सी खान नपाउने का*नुन बनाउनुपर्नेमा जोड दिए ।

‘नागरिकता बनाउन चाहिँ १८ वर्ष पुग्नुपर्ने’, उनले भने, ‘अनि र*क्सी खान चाहिँ रोकछेक नहुने। अब टोलटोलमा को को जँड्याहा छन्, ती सबैको सूची उतारौँ।’ फरक प्रसंगमा बिडारीले मुलुकका विभिन्‍न स्थानमा निर्माण गरिएका राजमार्ग तथा साँघुरा सडकमा पैदल यात्रुका लागि पेटीको व्यवस्था नभएको भन्दै आक्रोश पोखे। उनले सडक निर्माण गर्दा साइकल र पैदल यात्रीका लागि पेटीको व्यवस्था गर्न पनि माग गरे। भिडियो

Comments

comments

सम्बन्धित शीर्षकहरु