विद्युतको झट्काले काटेपछि रुपाको सहारामा हिड्ने कृष्ण, आज आफ्नै खुट्टामा मुम्बई शहर घुम्दै

SHARE:
  •  
  •  
  •  

काठमाडौ । विद्युतको करेन्टपछि हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आज आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला रुपासंग मुम्बई घुमफिर गरिरहेका छन् । उनको यो दृश्यले सहयोगी मनहरु हर्सित भएका छन् ।

खासगरी रुपा र कृष्ण लगायत स–परिवार उपचारको शिलशिलामा मुम्बईमा छन् । उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका हुन् ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका छन् । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका छन् ।

कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले मुम्बई घुमिरहेका छन् । अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् ।

अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् । शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु