आज पत्रकार रबि लामिछानेको जन्म दिन , हेर्नुस कति बर्ष लागे रबि ?

SHARE:
  •  
  •  
  •  

काठमान्डौ: आज चर्चित पत्रकार रबि लामिछानेको जन्म दिन परेको छ | रवि लामिछानेको जन्म (१९७४-०९-०५) सेप्टेम्बर ५, मा भक्तपुर मा भएको थियो । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।रवि लामिछाने अहिले न्युज २४ टेलिभिजनबाट सिधाकुरा जनतासंग कार्यक्रम चलाउछन्।

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् !

युएस ओपनमा सेरेनाको सय जित

सेरेना विलियम्सले युएस ओपनमा मंगलबार सयौं जितको सफलता निकाल्दा क्वार्टरफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई ४४ मिनेटमा स्तब्ध बन्न बाध्य बनाएकी छन्। कीर्तिमानी २४ ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्ने लक्ष्यमा रहेकी अमेरिकी स्टार सेरेनाले क्वार्टरफाइनलमा चीनकी वाङ कियाङलाई सहजै पराजित गरेकी हुन्। छैटौं पटक युएस ओपन च्याम्पियन सेरेनाले न्युयोर्कको अर्थर एसे स्टेडियमको कोर्टमा १८औं विश्व वरीयताकी वाङलाई ६–१ र ६–० ले सहजै पाखा लगाउन सफल भइन्।

यस वर्ष सबैभन्दा छिटो समयमा प्रतिद्वन्द्वीलाई स्तब्ध बनाएकी सेरेनाले सेमिफाइनलमा युक्रेनकी इलिना भितोलिनासिवरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। युएस ओपनमा सबैभन्दा धेरै जित निकाल्ने खेलाडीका रूपमा क्रिस इभर्टलाई पछि पारेपछि सेरेनाले खुसी व्यक्त गरिन्।

‘सफलता अपत्यारिलो लागिरहेको छ। १६ वर्षको उमेरदेखि खेल्दा मैले युएस ओपनमासय जित निकाल्नेछु भन्ने कल्पना गरेको थिइनँ,’ सेरेनाले भनिन्,‘त्यसैले अभैm पनि यो सफलता प्राप्त गर्दा विश्वास नै लागिरहेको छैन।’ मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४औं ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले वाङविरुद्धको क्वार्टरफाइनलमा २५ विनर्स प्रहार गरेकी थिइन्।

यता, वाङले भने एक पटक पनि सफलता प्राप्त गर्न सकिनन्। गत फ्रेन्च ओपनको क्वार्टरफाइनलमा एस्लेघ बार्टीविरुद्धको अन्तिम १६ मा पराजयपश्चात् वाङले एक सेट पनि गुमाएकी थिइनन्। तर, अमेरिकी स्टार सेरेनासँग भने वाङ निरीह बन्न बाध्य भइन्। आमा बनेर सन् २०१७ को अस्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेनाले कुनै पनि ग्रान्ड स्लाम जित्न सकेकी छैनन्। उनले युएस ओपन भने सन् २०१४ पछि जित्न सकेकी छैनन्।

सेरेनासँग सेमिफाइनलमा भेट पक्का गरेकी युक्रेनकी भितोलिनाले क्वार्टरफाइनलमा ब्रिटेनकी जोहन्ना कोन्टालाई ६–४ र ६–४ ले हराएकी थिइन्। उनी युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो युक्रेनी खेलाडीसमेत बनिन्। यहाँसम्मको यात्रा तय गर्न उनले दुई पटककी युएस ओपन च्याम्पियन भेनस विलियम्स र सन् २०१७ की उपविजेता म्याडिसन केजलाई स्तब्ध बनाएकी थिइन्।

पुरुषतर्फ भने २० पटक ग्रान्ड स्लाम च्याम्पियन रोजर फेडेररलाई स्तब्ध बनाउँदै बुल्गेरियाका ग्रिगोर दिमित्रोभ २८ वर्षपछि न्युयोर्कको सेमिफाइनलमा पुग्ने सबैभन्दा कम वरीयताका खेलाडीसमेत बनेका छन्। यसअघि सन् १९९१ मा १ सय ७४औं वरीयताका जिमी कोनर्स न्युयोर्कमा क्वार्टरफाइनलमा पुगेका थिए।

७८औं वरीयताका दिमित्रोभले पछिल्ला सात भेटमा फेडेररसँग हार बेहोरे पनि यस पटक भने जित सफलता निकाल्न सफल भए। दिमित्रोभले अर्थर एसे कोर्टमा विश्व नम्बर तीन फेडेररलाई ३–६, ६–४, ३–६, ६–४ र ६–२ ले हराएका थिए। दिमित्रोभले शुक्रबार हुने सेमिफाइनलमा विश्व नम्बर पाँच रसियन स्टार डानिइल मेदभेदेभविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

‘म एकदम खुसी छु,’ दिमित्रोभले भने, ‘जसरी नै खेल जोगाउनु पर्छ भन्ने लक्ष्य थियो। साथै शारीरिक रूपमा पनि फिट थिएँ। सोहीअनुरूप कडा सट प्रहार गर्दा उनी फर्काउन असफल भए।’ युएस ओपनमा पहिलो पटक दिमित्रोभ सेमिफाइनलमा पुगे पनि पहिलो सेट २९ मिनेटमै गुमाएका थिए। यद्यपि, दिमित्रोभले उत्कृष्ट पुनरागमन गर्दै खेलमा जितसमेत हात पारे। ‘सफलता अपत्यारिलो लागिरहेको छ। १६ वर्षको उमेरदेखि खेल्दा मैले युएस ओपनमासय जित निकाल्नेछु भन्ने कल्पना गरेको थिइनँ।’

Comments

comments

सम्बन्धित शीर्षकहरु