पानीमा गयो भारतको १५ करोड ! मिसन चन्द्रमा असफल

SHARE:
  •  
  •  
  •  

एजेन्सी। भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्कविहिन बनेको छ । चन्द्रयान अवतरणको दृष्यावलोकन गर्न भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) को मुख्यालय पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी पनि निराश हुँदै फर्किएका छन् ।

उक्त संगठनका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो । भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए ।

जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिए । प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

अब के हुन्छ ?

जुन आर्बिटरबाट ल्यान्डर अलग भएको छ त्यो अझै पनि चन्द्रमाको सतहबाट ११९ देखि १२७ किलोमिटरको उचाइमा घुमिरहेको छ । २३७९ किलोग्रामको आर्बिटरसंग ८ पेलोड छ । यसले एक वर्ष काम गर्नेछ । ल्यान्डर र रोवरको स्थिति पत्तो नलागे पनि मिशन भने जारी रहने छ । ८ पेलोडका अलग अलग काम हुनेछन् ।

अब चन्द्रमाको सतहको नक्सा तयार गर्नुपर्नेछ । यसबाट चन्द्रमाको अस्तित्व र उसको विकास पत्ता लगाउने काशिस हुनेछ । म्याग्नेसियम, एल्मुनियम, सिलिकन, क्याल्सियम, टाइटेनियम, आइरन र सोडियमको उपस्थितिको पत्ता लगाइने छ । सूर्यको किरणमा रहेको सोलर रेडियशनको तीव्रता मापन गरिने छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु