श्रीमान बिदेशमा श्रीमती आफ्नै भतिजसँग सुन र नगद लिएर टाप !

SHARE:
  •  
  •  
  •  

बझाङ। बढ्दो बेरोजगारी र बैदेशिक रोजगारीले दम्पतीहरुकाबीचमा सम्बन्धविच्छेद बढेको पाइन्छ । यसले गर्दा नेपाली समाजमा अनेक खालका घटनाहरु घटिरहन्छन । यसै क्रममा बझाङका एक युवकले सुन र नगदसहित आफ्नै काकी नाता पर्ने महिलालाई भगाएका छन् ।

बझाङको थलारा गाउँपालिका–२ दंगाजी घर भइ भारतको फरिदावादमा रोजगारी गर्दै आएका धनबहादुर थापाले ३ लाख ५८ हजार नगद र ६ तोला सुनसहित लोकेश थापाकी श्रीमती मीना र ३ वर्षीया छोरी सिम्रनलाई भगाएका हुन् ।

थापाले उनीहरु बिहीबार दिउँसोदेखि सम्पर्कमा नरहेको बताए । उनले भने, ‘पैसाको लोभमा मेरी श्रीमती, छोरीलाई भगाएर लिएको छ । अब मैले के गर्ने ?’ उनले सुन र नगदसहित फरार श्रीमती मीना र छोरीको ब्यापक खोजी गरेका छन् ।

सरकार जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उहाँले थप्नुभयो, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु