किशोर श्रेष्ठलाई ठुलो सफलता , बने बिश्व प्रेस काउन्सिलको महासचिब

SHARE:
  •  
  •  
  •  

२८ भदौ , काठमाण्डाै – नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन हुनुभएको छ । अजरबैजानकाे बाकुमा शुक्रबार भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन हुनुभएको हो । नेपाल प्रेस काउन्सिल विश्व प्रेस काउन्सिलको सदस्य हो ।

काउन्सिलको अध्यक्षमा प्रा‍‍.डा. सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा. तामेर अताबारुत (टर्की) चयन हुनुभएको छ ।

सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मारसहितका देश सहभागी थिए ।

सरकार जनताको काम गर्न कटिबद्ध छ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिनुभयो ।

उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उहाँले थप्नुभयो, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु