फुटबल मैदानमा खेलिरहेका खेलाडीमाथि चट्याङ परेपछि… (भिडियो हेर्नुस्)

SHARE:
  •  
  •  
  •  

काठमाडौं । खेल चलिरहेका बेला चट्याङ परेपछि जमैकाका दुई फुटबल खेलाडी घाइते भएका छन् । सोमबार जमैकाको विद्यालयस्तरको फुटबल प्रतियोगिता भइरहँदा चट्याङ परेपछि खेलाडी घाइते भएका हुन् ।

चट्याङ लागेर घाइते भएका खेलाडीहरुलाई तत्कालै स्थानीय विश्वविद्यालयको अस्पताल भर्ना गरिएको समाचारहरुमा उल्लेख गरिएको छ । स्थानीय वाल्मर स्कूल र जमैका कलेजबीचको खेलका क्रममा चट्याङ परेको हो ।विपक्षी खेलाडीको बल रोक्न मैदानमा रहेका खेलाडीहरु चट्याङ लागेपछि एकाएक मैदानमा लडेका थिए । अफिसियलहरुले उनीहरुलाई स्टेचरमा हालेर बाहिर ल्याएका थिए ।

बेलायतपछि सबैभन्दा धेरै चट्याङ पर्ने देशमा जमैका पर्दछ । तथ्याङक अनुसार जमैकामा बार्षीक ७ लाखसम्म मानिसहरु चट्याङबाट पीडित हुने गरेका छन् । यस्तै, बेलायतमा वार्षिक १० लाख जनता चट्याङका प्रभावित भेटिने गरेको तथ्याङ्क छ ।

लिभरपुल र चेल्सी पराजित, बार्सिलोना डर्टमण्डसँग बराबरीमा रोकियो

युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता युएफा च्याम्पियन्स लिग फुटबलमा इंइङ्गलिस क्लबहरुले खराब सुरुवात गरेका छन् । साविक विजेता लिभरपुललाई गएराति इटालीको नापोलीले २–० ले हराउँदा अर्को इंग्लीश क्लब चेल्सी आफ्नै मैदानमा भ्यालेन्सियासँग १–० ले पराजित भयो ।

चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा क्लबले बराबरी गर्ने अवसर गुमाएको थियो । उता दावेदार बार्सिलोना पनि पहिलो खेलमा बराबरीमै रोकिएको छ । स्पेनिस महारथी बार्सिलोनालाई जर्मनीको बोरुसीया डर्टमण्डले गोलरहित बराबरीमा रोकेको हो ।

गएराति नदेरल्याण्ड्सको आयाक्सले फ्रान्सको लिल्लाई ३–० ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले पोर्चुगलको बेनिफिकामाथि २–१ को जित निकाल्यो ।

यसैगरी अष्ट्रियाको रेडबुल साल्जबर्गले बेल्जियमको गेन्कलाई ६–२ ले हराउँदा फ्रान्सको लियों र रुसको जेनिथ तथा इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्रागले १–१ गोलको बराबरी खेले ।

Comments

comments

सम्बन्धित शीर्षकहरु