यसरी बिर्सनुहोस् आफ्नो पूर्व प्रेमी/प्रेमीकालाई

SHARE:
  •  
  •  
  •  

काठमाडौं : हरेक मानिसको जिवनमा प्रेम त भईहाल्छ । कहिले काहीँ आफूले नचाहाँदा नचाहँदै पनि आफ्नो प्रेमी/प्रेमिकासँग छुट्टिनु पर्ने हुन्छ । यदि तपाईँ आफ्नो पूर्व प्रेमलाई भुलेर जिवनमा अगाडी बढ्न चाहानु हुन्छ भने तलका टिप्सहरु अपनाउनु होस् । निम्न टिप्सले आफ्नो पूर्व प्रेमलाई बिर्सन थोरै मात्रामा भए पनि सहज हुनेछ ।

सकरात्मक सोच :

यदि तपाईँ आफ्नो पूर्व प्रेमी/प्रेमिकालाई बिर्सन चाहानु हुन्छ भने सधै सकारात्मक सोच राख्नुहोस् । जसले गर्दा तपाईँको ध्यान सकारात्मक कुरामा बढी जान्छ । न कि पूर्व प्रेमलाई ।

नयाँ साथी बनाउनु :

नयाँ साथी बनाउनाले पनि आफ्नो पूर्व प्रेमी/प्रेमिकालाई बिर्सन सहयोग पुर्याउछ । यसका साथसाथै जिवनमा अगाडि बढ्न पनि मद्दत पुर्याउछ ।

पूर्व प्रेमका दिनहरुमा छुट्टै योजना बनाउनु :

यदि तपाईँलाई पूर्व प्रेमी/प्रेमिकासँगका विशेष दिनहरु याद छ भने उक्त दिनमा आफ्नो छुट्टै योजना बनाउनु होस् । जसले तपाईँको ध्यान पूर्व प्रेमी/प्रेमिकामा जाँदैन ।

नयाँ कामको सुरुवात :

तपाईँ आफ्नो प्रेमी/प्रेमिकालाई भुलेर जिवनमा अगाडि बढ्न चाहानु हुन्छ भने नयाँ कामको थालनी गर्नुहोस् । जसले गर्दा प्रेमी÷प्रेमिकालाई बिर्सन सयहोग पुग्नेछ ।

सम्पर्कबाट टाढा रहनु :

बिर्सिएर पनि सम्पर्कमा रहनु हुँदैन । किनभने यदि तपाईँ आफ्नो प्रेमी/प्रेमिकाको सम्पर्कमा हुनुहुन्छ भने तपाईँले बिर्सन सक्नु हुन्न । फेरी पनि तपाईँको सम्बन्ध गाँसिन सक्ने तथा यादहरु बढ्ने सम्भावना बढी हुन्छ ।

चिनो वा गिफ्टहरु हटाउनु :

यदी तपाईँ आफ्नो प्रेमी/प्रेमिका भुल्न चाहानु हुन्छ भने भौतिक चिनो तथा गिफ्टहरुलाई आफूले कहिले नदेख्ने ठाउँमा राख्नुहोस् । जसले गर्दा तपाईँको मनका यादहरु मेटेर जानेछन् र बिर्सन सहज हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु