नेपाल आईडल बिजेता बुद्ध लामाको ” आफु भन्दा जेठी ” सार्वजनिक ( हेर्नुस भिडियो )

SHARE:
  •  
  •  
  •  

काठमाडौं, ९ असाेज । बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ। मनोज सिग्देल (युरेश)को शब्द् र संगीतकार दिपक आर्जेको संगीत रहेको यस गीतमा नेपाल आईडल फेम गायक बुद्ध लामाको स्वर रहेको छ । मनोज सिग्देलको लगानीमा निर्माण भएको भिडियो निकै आर्कषित बनेको छ।

गीतकार सिग्देल र मोडल सम्पदा बानियालाई फिचर गरिएको यस गीत मोडल तथा गीतकार सिग्देलको डेब्यु गीत हो। ‘आजकल यस्तै खालेको माहोल छ। सो अहिलेको माहोललाई मैले गीत मार्फत उतारेको हुँ’, सिग्देलले भने ।

सियोन श्रेष्ठ र युद्ध लामाको कोरियोग्राफीमा तयार भएको यस गीतलाई चक्र बहादुर बराल (बाशु)ले छायांकन गरेका छन् भने सम्पादन बिनोद चौधरीको रहेको छ। गीतलाई कलर समिर मियाले गरेका छन्। हेर्नुस भिडियो

Comments

comments

सम्बन्धित शीर्षकहरु