सभामुख महरालाई तुरुन्त राजीनामा दिन प्रधानमन्त्री ओलीको निर्देशन

SHARE:
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यौ*न दुर्व्य*वहारको आ*रोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बताइएको छ ।

यता सभामुख कृष्णबहादुरमाथि संसद सचिवालयकी महिला कर्मचारीले यौ*न दुर्व्य*वहार गरेको आरोप लगाएको सन्दर्भमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आकस्मिक बैठक डाकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा महराबारे निर्णय गर्न नेकपाका अध्यक्षद्वय लगायत शिर्ष नेताबीच छलफल भइरहेकाे छ । यससँगै सभामुख महराले आज अपरान्ह राजीनामा दिने तयारी गरिरहेको विशेष स्रोतबाट बुझिन आएको छ ।

टी–२० क्रिकेट सिरिज : नेपालले आज जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दै

सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज टेष्ट राष्ट्र जिम्बावेविरुद्ध दोस्रो खेल खेल्दैछ । सिरिज अन्तर्गत पहिलो खेलमा पराजय व्यहोरेको नेपालले आज पुनः जिम्बावेविरुद्ध खेल्न लागेको हो । जिम्बावेविरुद्ध मैदान उत्रदा नेपाल पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा हुनेछ ।

शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । आयोजक राष्ट्र सिंगापुरले आइतबार जिम्बावेलाई हराएपछि नेपाल थप हौसिएको छ । आइतबार राति भएको खेलमा सिंगापुरले जिम्बावेलाई ४ रनले पराजित गरेको थियो । सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको थियो ।

नेपालले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । नेपालले सिंगापुरलाई भने ९ विकेटले हराएको थियो । जसमा कप्तान पारस खड्काले १०६ रनको कीर्तिमानी शतक बनाएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु