महरा प्रकरण : विवादित रोशनी शाही र उनका श्रीमानबीच डिभोर्स

SHARE:
  •  
  •  
  •  

काठमाडौं, १६ असाेज : तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौ’न दुर्व्य’वहारको आरोप लगाउने महिला रोशनी शाहीले उनका श्रीमान चित्रजंग शाहीसँग डि’भोर्स गर्ने सहमति गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ‘२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको’ भन्दै चित्रजंग शाहीले जानकारी गराएका छन् । रोशनी र आफूले हस्ताक्षर गरेको एउटा सहमति पत्र पनि उनले सार्वजनिक गरेका छन् ।

‘थुप्रै उचारचढावका बीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति–असन्तुष्टि आउँदारहेछन् । तथापि खुसी साथ अलग अलग बस्ने निर्णय गरेका छौं,’ उनीहरु दुबैले हस्ताक्षर गरेर सार्वजनिक गरेको पत्रमा भनिएको छ ।

रोशनी शाहीले आफूमाथि महराले ब’लात्कार गरेको भन्दै मिडियामार्फत् सार्वजनिक राेइलाे गरेकी थिइन् । आइतबार राति उनको कोठामा गएर महराले ब’लात्कारको प्रयास गरेको राेशनीले दाबी गरेकी थिइन् । तर घटनाकाे पर्सिपल्टबाटै उनले बयान फेरिकी छिन् र प्रहरीमा उल्टै महरालाइ बचाउन निवेदन हालेकी छिन् ।

महरामाथि ब’लात्कारकाे आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएकाे महराले बताएका थिए । तर, महराकाे राजीनामापछि राेशनीले आफ्नै आरोपको खण्डन हुनेगरी ‘महरा आफ्नो बाबुसमानको व्यक्ति भएको’ भन्दै कुनै ब’लात्कार नभएको दाबी गरेपछि याे केस अप्ठेराेमा परेकाे छ ।

रोशनी बुधबारमात्रै आफूमाथि कुनै दु’र्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन समेत दर्ता गराएकी छिन् । उनले महानगरीय प्र’हरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएपछि महराविरूद्धका सम्भावित प्रमाण संकलन गरिसकेकाे प्रहरीका लागि अनुसन्धानकाे बाटाे नै बन्द भएकाे ठहर गरिएकाे छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु