ब *ला *त्कारकाे मु *द्दामा निवर्तमान सभामुख कृष्णबहादुर महरा प *क्राउ !

SHARE:
  •  
  •  
  •  

काठमाडौं : ब *ला *त्कार प्र *यासको उ *जुरी परेसँगै निवर्तमान सभामुख कृष्णबहादुर महरा प *क्राउ परेका छन । काठमाडौं जिल्ला अदालतले मुलुकी फाै *जदारी सं *हिता(ऐन)काे दफा ९काे उपदफा ३(२) अनुसार प *क्राउ पु *र्जी जारी गरेसँगै महरालाइ प *क्राउ गर्न प्रहरीलाई बाटो खुलेको थियो ।

महराले ब *ला *त्कार प्र *यास गरेको भनिएकी महिलाले शुक्रबार कि *टानी जा *हेरी दिएसँगै प्रहरीले सरकारी वकिलसँग परामर्श सुरुवात गरेको थियो । गृहमन्त्रीसँगकाे छलफल पछि प्रहरी महरालाई प *क्राउ गरेर अ *नुसन्धान गर्ने निष्कर्षमा पुगेको थियो ।

रियलले ग्रानडालाई ४–२ ले हरायो, बुन्डेसलिगामा बायर्न पराजित

स्पेनिस लिग ला लिगा फुटबलमा शीर्ष स्थानमा रहेको रियल मड्रिडले विजयी यात्रालाई निरन्तरता दिएको छ । शनिबार राति भएको खेलमा रियलले ग्रानडालाई ४–२ ले पराजित गर्‍यो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन करिम बेन्जिमा, इडेन हजार्ड, लुका मोड्रिच र जेम्स रोड्रिगेजले एक/एक गोल गरे । ग्रानडाका डार्विन माचिस र डोमिन्गोस दुआरटेले एक/एक गोल फर्काए ।

रियलका लागि खेलको दोस्रो मिनेटमै बेन्जिमा, पहिलो हाफको ‘इन्जुरी’ समयमा हजार्ड, ६१औं मिनेटमा मोड्रिच र खेलको अन्तिम समयमा रोड्रिगेजले गोल गरेका हुन् । ग्रानडाका डार्विनले ६९औं मिनेटमा पेनाल्टीमा र ७७औं मिनेटमा डोमिन्गोसले गोल फर्काएका थिए ।

जितसँगै रियलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । रियलले ८ खेलबाट १८ अंक जोडेको छ । पराजित ग्रानडा ८ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा छ । ला लिगाअन्तर्गत् नै अर्को खेलमा लेभान्टेले लेगानेसलाई २–१ ले हराएको छ ।

बायर्न म्युनिख पराजित

उता, जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिख पराजित भएको छ । शनिबार राति नै भएको खेलमा बार्यन घरेलु मैदानमा होफेनहाइमसँग २–१ ले पराजित भएको हो । हारपछि पनि बायर्न ७ खेलबाट १४ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । होफेनहाइम ८ अंकसहित ११औं स्थानमा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु