चिनियाँ राष्ट्रपतिको अगाडि लाज छोप्न सिँगारिँदै छ काठमाडौं , तिनकुनेमा यसरी रातारात बन्यो पार्क

SHARE:
  •  
  •  
  •  

काठमाडौं, २० असाेज । चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि काठमाडाैँका सडक र पार्क देखाउनैका लागि भए पनि रातारात सिँगारिँदै छन। लामाे समय अस्तव्यस्त छाडिएकाे तीनकुने स्थित बाँझाे जग्गामा रातारात बिरूवा राेपेर हरियाली बनाइँदै छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको पूर्व सन्ध्यामा काठमाडौंमा सडकका खाल्डाखुल्डी टाल्ने, छाेप्नेदेखि लिएर हरियाली बनाउने काम जारी छ ।

साथै पेटीमा रङराेगन र जेब्राक्रसिङ पनि टल्काइएका छन। तीनकुनेकाे बाँझाे चाैरलाइ पार्क बनाउने भनेर वर्षौंसम्म अलपत्र पारिएको थियाे। गत वर्ष काठमाडाैँमा बिम्स्टेक सम्मेलन हुँदा भने फ्लेक्सले बारेर याे चाैर छोपिएकाे थियाे । तर यसपाली भने रातारात कृत्रि म बगैँचा बनाएर हरियाली देखाउन खाेजिएकाे छ । त्यहाँ दुबाे राेप्नेदेखि डिल बनाएर हरिया विरूवा र फूलहरू राेप्नेसम्मका काम रातदिन नभनी गरिँदै छ ।

सडक छेउछाउ हरिया विरुवाहरु रोपिएका छन् भने भित्रकाे चाैरमा दुबो उमारिँदैछ । विदेशी पाहुनाकाे नजरमा राम्राे देखिनकै लागि हुने यस्ता हतारका विकास निर्माण कार्य कत्तिकाे दिगाे र व्यवस्थित हाेलान्, हेर्न बाँकी छ। राष्ट्रपति जिनपिङ यही असाेज २७/२८ गते काठमाडाैँ आउने कार्यक्रम छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको यही असोज अन्तिम साता हुने भ्रमणको पूर्वसन्ध्यामा काठमाडौँका सडक तथा विभिन्न क्षेत्र फूलका बिरुवा रोपेर सिँगारिदै छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु