अस्ट्रेलियामा यसरी लगाए नेपाली फुटबल खेलाडीले दशैको टिका र जमरा

SHARE:
  •  
  •  
  •  

काठमाडौँ, २१ असाेज : अस्ट्रेलियासँग फुटबल विश्वकप छनोट खेल्न त्यहाँ पुगेको नेपाली राष्ट्रिय टोलीले विजयादशमीको उपलक्ष्यमा टीका र जमरा लगाएका छन् । स्थानीय समयअनुसार शुभसाइत समेत रहेको विहान ८ बजे टोलीले टिम म्यानेजर मधुसुदन उपाध्यायले सबैलाई टीका लगाइदिएका हुन् ।

सिड्नीमा एन्फा अस्ट्रेलियाले आयोजना गरेको टीका ग्रहण कार्यक्रममा सहभागी भएर उनीहरु क्यान्बेरा प्रस्थान गरेका छन् । नेपालले बिहीबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै छ ।

नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो ।अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरेको थियो । नेपाली टोली गत बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु