नेपाल र आयरल्यान्डबिच आज हुने खेल कहाँ ? कति बजे ? कसरी हेर्ने लाईभ ? सम्पुर्ण जानकारी ( शक्दो शेयर गरौ )

SHARE:
  •  
  •  
  •  

काठमाडौं, असोज २२ । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित ट्वेन्टी–२० क्रिकेट शृंखलाअन्तर्गत् नेपालले आज आयरल्यान्डको सामना गर्दैछ । खेल ओमानको अल अमेरट क्रिकेट मैदानमा हुनेछ । नेपाली समयानुसार बुधबार बिहान सवा ११ बजे खेल सुरु हुनेछ ।

नेपालसामु ऐतिहासिक जित हासिल गर्ने अवसर छ । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको राष्ट्रिय टोलीले अहिलेसम्म टेस्ट राष्ट्रलाई हराउन सकेको छैन । आयरल्यान्ड टेस्ट मान्यताप्राप्त राष्ट्र हो । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पनि समान ४ विकेटले नै पराजित गरेको थियो ।

आज तेस्रो खेल खेल्न लागेको नेपाल ‘नेट रनरेट’का आधारमा अंकतालिकामा तेस्रो स्थानमा छ । दुई खेलबाट नेपालको ४ अंक छ । आयरल्यान्ड दोस्रो स्थानमा छ । दुई जित र एक हार व्यहोरेको उसले तीन खेलबाट ४ अंक नै जोडेको छ । आयोजक ओमान शीर्ष स्थानमा छ । दुई खेलबाट ओमानको ४ अंक नै छ ।

नेपालले यसअघि सन् २०१५ मा आइसीसी टी–२० विश्वकप छनोटमा आरल्यान्डसित प्रतिस्पर्धा गरेको थियो । त्यतिबेला नेपाल ८ विकेटले पराजित भएको थियो । आयोजक ओमान, नेपालसहित आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सबीच शृंखला भइरहेको हो । नेपालले अन्तिम खेल बिहीबार ओमानसित खेल्ने तालिका छ ।

खेल समय , लाइभ कहाँ हेर्ने , मैदान :

ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । आयोजक ओमान क्रिकेटले नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ । ओमानले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण हुने जनाएको छ । खेलको अपडेट मेरो क्रिकेट डट कमको फेसबुक पेज र वेबसाइटमा पनि हुनेछ।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान

नेपाल टिम : पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु