पाकिस्तानका उमर अकमलले बनाए खराब बिश्व रेकर्ड जुन कोही खेलाडीले बनाउन चाहदैनन्

SHARE:
  •  
  •  
  •  

एजेन्सी । पाकिस्तानका व्याट्सम्यान उमर अकमलले टी–ट्वान्टी क्रिकेटमा १० पटक शून्य रनमा आउट हुने पहिलो व्याट्सम्यानको रेकर्ड बनाएका छन् ।

सेप्टेम्बर ५ र ७ मा भएको श्रीलंकाविरुद्धको तीन खेलको टी–२० सिरिजमा अकमल लगातार दुई पटक शून्यमा आउट भएपछि उनले यो खराब रेकर्ड बनाएका हुन्।

यसअघि सबैभन्दा धेरै पटक शून्य रनमा आउट हुने रेकर्ड पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदिको नाममा रहेको थियो। अफ्रिदी ८ पटक शून्य रनमा आउट भएका थिए।

उनले खेलेका कुल ८३ टी–२० अन्तर्राष्ट्रिय खेलमा उनी १० पटक कुनै पनि रन नजोडिकनै आउट भएका हुन्। उनले घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्न नसकेको र फिल्डिङ पनि खराब रहेको भन्दै उनलाई टीममा बोलाउने निर्णयको आलोचना गरिएको छ ।

पाकिस्तानविरुद्धको टी–२० सिरिज एक खेल बाँकी छँदै श्रीलंकाकाे पक्षमा

श्रीलंकाले पाकिस्तानविरुद्धको टी–२० सिरिज एक खेल अगावै जितेको छ । साेमबार राति भएको खेलमा ३५ रनको जित निकाल्दै श्रीलंकाले २-० ले सिरिजमा अग्रता बनाएको हो । लाहोरमा भएको खेलमा श्रीलंकाले घरेलु टोली पाकिस्तानलाई १८३ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाका भानुका राजपाक्षेले ४८ बलमा ७७ रनको विस्फोटक पारी खेलेपछि पाहुना टोलीले विशाल योगफल तयार पारेको थियो । राजपाक्षेले शेहान जयसूर्यासँग ९४ रनको साझेदारी पनि गरेका थिए । जयसूर्या ३४ रनमा आउट भएका थिए ।

जवाफमा पाकिस्तानले १४७ रनमात्र बनाउन सक्याे । पाकिस्तानका इमाद वसिमले सर्वाधिक ४७ रन बनाउँदा असिफ अलिले २९ तथा सर्फराज अहमदले २६ रनको योगदान दिए । अब तेस्राे तथा अन्तिम टी-२० बुधबार लाहोरमै हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु