आईपिएल सुरु हुनु अघि नै मुम्बई इन्डियन्सलाई लाग्यो यति ठुलो झड्का

SHARE:
  •  
  •  
  •  

काठमाडाैं, २२ असाेज :  इन्डियन प्रिमियर लिग (आइपीएल) को आगामी संस्करण सुरु हुन अब धेरै समय बाँकी छैन । तर, त्यसअघि आइपीएलमा सर्बाधिक उपाधि जित्ने मुम्बई इन्डियन्सलाई ठूलो झड्का लागेको छ । मुम्बईका एक महत्वपूर्ण बलर आगामी संस्करणको आइपीएलबाट बाहिर भएका छन् ।

अष्ट्रेलिया क्रिकेट टिमका महत्वपूर्ण बलर जसन फेहनड्रफ ७–८ महिना बाहिर भएपछि मुम्बई इन्डियन्सलाई पनि झड्का लागेको हो । उनी चोटका कारण ७–८ महिना क्रिकेटभन्दा बाहिर हुने छन् । फेहनड्रफ आउँदो हप्ता ‘स्पाइनल सर्जरी’का लागि नूजिल्याण्ड जाँदै छन् । उनी यो आउँदो संस्करणको आइपीएलका साथै अष्ट्रेलियाको घरेलु सिजन पनि गुमाउने छन् ।

आज नेपालले आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज (बुधबार) टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजे अल अम्रेट क्रिकेट मैदानमा खेल हुन लागेको हो ।

नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । तर रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ । यसै सिरिज अन्तर्गतसवा तीन बजे ओमान र नेदरल्यान्ड्स अर्को खेल हुनेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु