नेपाल र आयरल्याण्ड बिचको खेल स्लो नेट र मोबाईलमै लाईभ हेर्नुस ( शक्दो शेयर गरौ )

SHARE:
  •  
  •  
  •  

काठमाडाैं, २२ असाेज : ओमानमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले तेस्रो खेलमा आज (बुधबार) टेष्ट राष्ट्र आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । खेलमा टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस हारेर नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको हो ।

अघिल्ला दुई खेल जितेको नेपालले तेस्रो खेलमा बलियो टिम आयरल्याण्डको सामना गर्न लागेको हो । नेपाल र आयरल्याण्डबीचको खेल बिहान सवा ११ बजे अल अम्रेट क्रिकेट मैदानमा खेल हुन लागेको हो ।

नेपाल आयरल्याण्डलाई हराउँदै तेस्रो जित निकाल्न चाहन्छ । नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । नेपाल दुई खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

तीन खेल खेलेको आयरल्याण्ड दुईमा जित र एकमा हार सहित ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । तर रनरेटका आधारमा आयरल्याण्ड दोस्रो स्थानमा रहेको हो । आयोजक ओमान तालिकाको शीर्ष स्थानमा रहेको छ । यसै सिरिज अन्तर्गतसवा तीन बजे ओमान र नेदरल्यान्ड्स अर्को खेल हुनेछ ।

खेल समय , लाइभ कहाँ हेर्ने , मैदान :

ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज प्रत्यक्ष प्रशारण हुने भएको छ । आयोजक ओमान क्रिकेटले नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच हुने सिरिज प्रत्यक्ष प्रशारण हुने जनाएको छ । ओमानले आफ्नो वेबसाइटबाट प्रत्यक्ष प्रशारण हुने जनाएको छ । खेलको अपडेट मेरो क्रिकेट डट कमको फेसबुक पेज र वेबसाइटमा पनि हुनेछ।

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान

नेपाल टिम : पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

Comments

comments

सम्बन्धित शीर्षकहरु