आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याउँदै नेपालको ब्याटिङ लाईभ हेर्नुस ( शक्दो शेयर गर्नुस )

SHARE:
  •  
  •  
  •  

एजेन्सी । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–२० शृङ्खलाअन्तरगत आयरल्याण्डबिरुद्धको तेस्रो खेलमा नेपालले जीतका लागि १ सय ४६ रनको लक्ष्य पाएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।

आयरल्याण्डले आक्रामक शुरुवात गरे पनि नेपाली बलरहरुले मध्यक्रमलाई जम्न नदिएपछि आयरल्याण्ड ठूलो योगफल बनाउनबाट बञ्चित रह्यो ।आयरल्याण्डका लागि पाउल स्टर्लिङले सर्वाधिक ५९ रनको योगदान दिए । उनले यस क्रममा ६ चौका र २ छक्का हिर्काए ।

त्यस्तै, एन्डी बालबर्नीले ३८ तथा स्टुवार्ट थम्सनले २१ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछाने र पारस खड्का र अभिनास बोहोराले २–२ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि हङकङ र नेदरल्याण्डबिरुद्धको खेलमा नेपाल विजयी भएको थियो । लाईभ हेर्नुस

ओमानमा हुने प्रतियोगितामा नेपालको खेल तालिका

असोज १९ गते नेपाल भर्सेस हङकङ
असोज २० गते नेपाल भर्सेस नेदरल्यान्ड्स
असोज २२ गते नेपाल भर्सेस आयरल्यान्ड
असोज २३ गते नेपाल भर्सेस ओमान

टिम नेपाल : पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), विनोद भण्डारी, सन्दीप लामिछाने, पवन सर्राफ, सन्दीप जोरा, कुशल मल्ल, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, आरिफ शेख, अविनाष बोहरा, ललितनारायण राजवंशी, सुशान भारी र इशान पाण्डे ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु