ब्याटिङ नचल्दा आयरल्याण्डसँग नेपाल पराजित , शिरज जित्ने संम्भावना न्युन

SHARE:
  •  
  •  
  •  

ओमान, असोज २२ : ओमानमा जारी पाँच देशको सहभागिता ट्वेन्टी ट्वेन्टी क्रिकेट सिरीजमा नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको छ । आयरल्याण्डले दिएको १४६ रको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सकेको हो ।

सुरुवात राम्रै रहेपनि मध्येक्रमको ब्याटिङलाइन नचल्दा नेपालले खेल गुमाएको हो। ओमानमा भइरहेको पाँच देश सम्मिलित टी–२० सिरिजमा आफ्नो तेस्रो खेलमा नेपाल आयरल्यान्डसँग हारेसँगै सिरिज जित्ने लक्ष्यमा धक्का लागेको छ। नेपालले पहिलो दुई खेलमा सनसनीपूर्ण जित निकाले पनि तेस्रो खेलको हारसँगै सिरिज जित्ने यात्रामा धक्का लागेको हो।

नेपालका लागि आरिफ सेखले सर्वाधिक २६ रनको योगदान गरे । नेपाली टिमका लागि कप्तान पारस खड्काले २५ रन बनाउँदा ओपनर ईशान पाण्डेले २२ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । आयरल्यान्डका मार्क एडेर र जर्ज डकरेलले ३–३ विकेट र ग्यारेथ डेलानीले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४५ रन बनायो । नेपालले आयरल्याण्डको स्कोर सात रन हुँदा पहिलो सफलता हात पार्‍यो । नेपालका लागि सन्दिप लामिछानेले विकेट लिन सफल भए । उनले ओपनर केभिन ओब्राइनलाई मात्र पाँच रनमा आउट गरे । जसका कारण आयरल्याण्डले सात रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि दोस्रो विकेटका लागि पउल र एन्डी बाल्करीन विच ८८ रनको साझेदारी भएको थियो । तर एन्डीलाई ललित राजवंशीले ३८ रनमा पेभेलियन फर्काए । त्यसपछि क्रिजमा आएका जर्ज डोकरेललाई दिपेन्द्रसिंह ऐरीले खाता खोल्न नपाउँदै आउट गरेपछि नेपालले ९६ रनमा तेस्रो विकेट लिन सफल भयो ।

आयरल्याण्डको स्कोर एक सय १२ रन हुँदा नेपालले चौथो विकेट लियो । अभिनाश बोहोराले विल्सनलाई ६ रनमा एलबीडब्लू धरापमा पारे । त्यसको लगत्तै करण केसीले नेपालका लागि चौथो पाँचौ सफलता दिलाए । उनले मार्क अडायरलाई खाता खोल्न नदिदै आउट गरे । यो बेला आयरल्याण्डको स्कोर एक सय १३ रन थियो ।

आयरल्याण्डका पुछार तिरका खेलाडीलाई एकपछि अर्को रुपम आउट गरेको नेपालले एक सय २२ रन हुँदा सातौं विकेट लिन सपल भयो । नेपालका लागि सन्दीप लामिछानेले गारेथ डेलानेलाई चार रनमा आउट गरे । त्यसको लगत्तै अभिनाश बोहोराले पनि सिमी सिंहलाई पाँच रनमा पेभेलियन फर्काए जसका कारण आयरल्याण्डले एक सय २४ रनमा आठौं विकेट खेर फाल्यो । अन्तिममा स्टुवार्ट थमसनले अविजित रन बनाए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु