किङ कोहली फ्लप हुदाँ रोहितले बनाए एउटै शिरिजमा सर्वाधिक छक्का हान्ने रेकर्ड

SHARE:
  •  
  •  
  •  

काठमाडौं । भारतका रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा पनि शतक बनाएका छन् । यो सिरिजमा उनको तेस्रो शतक हो । विशाखापटनम टेष्टको पहिलो पारीमा १७६ रन बनाएका उनले दोस्रो पारीमा १२७ रन जोडे । पुणेमा रोहितको ब्याटिङ चलेन । तर राँचीमा शतक बनाए ।

यससँगै रोहित रोहित गावस्करसँगै एकै सिरिजमा तीन शतक बनाउने खेलाडीको सूचीमा परेका छन् । तर सुनिल गावस्करले वेष्ट इण्डिजविरुद्ध एकै सिरिजमा चार शतक बनाएको रेकर्ड छ । रोहितको यो करियरको २० टेष्ट हो । र, उनले टेष्टमा २००० रन पनि पुरा गरेका छन् । अब रोहितको टेष्ट औसत ४६भन्दा बढी भएको छ ।

सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारतीय खेलाडी रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन् । राँचीमा सुरु भएको टेस्टमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । एकदिवसीय क्रिकेटमा उत्कृष्ट लयमा रहेका रोहितले टेस्टमा पनि आफूलाई अब्बल सावित गरेका छन् ।

उनले शनिबार दक्षिण अफ्रिकाविरुद्ध तीन छक्का प्रहार गरेपछि एउटै टेस्ट सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड बनाएका हुन् । रोहितले एक टेस्ट सिरिजमा १६ छक्काको कीर्तिमान बनाएका हुन् । यसअघि यो रेकर्ड वेस्टइण्डिजका शिमराेन हेटमायरको नाममा थियो । उनले बंगलादेशविरुद्धको टेस्ट सिरिजमा १५ छक्का प्रहार गरेका थिए ।

रोहितभन्दा पहिला टेस्टको एक सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड भारतका हरभजन सिंहले बनाएका थिए । सिंहले न्युजिल्याण्डविरुद्ध १४ छक्का प्रहार गरेका थिए । यस्तै रोहितले टेस्टमा छैटौँ शतक पनि बनाएका छन् । उनले अहिलेसम्म सबै शतक भारतमा मात्रै बनाएका हुन् । याेसँगै राेहितले टेस्टमा दुई हजार रन पनि पूरा गरेका छन् ।

रोहित अहिले ११७ रनमा नट आउट छन् भने अजिन्क्या रहाणे ८३ रन बनाएर खेलिरहेका छन् । भारतका मयंक अग्रवाल १० रनमा आउट हुँदा चेतेश्वर पुजाराले खाता नै खोल्न सकेनन् । त्यस्तै कप्तान विराट कोहली १२ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका कागिसो राबडाले २ तथा एनरिच नोर्तेजले एक विकेट लिएका छन् ।

लगातार दुई टेस्ट जित्दै सिरिज जीतिसकेको भारत क्लीनस्वीप गर्ने दाउमा छ भने दक्षिण अफ्रिका यो टेस्ट जित्दै क्लिनस्वीप हुनबाट जोगिने प्रयासमा छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु