तिन स्टार खेलाडी प्रतिबन्धमा परेपनि युएईले आयरल्याण्डलाई हरायो , मुस्तफाको अलराउण्ड प्रदर्शन

SHARE:
  •  
  •  
  •  

काठमाडौंः आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत टेष्ट राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली यूएई विजयी भएको छ । शनिबार राति भएको खेलमा आयरल्याण्डलाई ५ विकेटले हराउँदै यूएई विजयी भएको हो ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य यूएईले १७ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोहन मुस्तफाले ८ चौकाको मद्दतमा १६ बलमा ३९ रनको विष्फोटक ब्याटिङ गरे । यस्तै दारिअस डिसिल्भा, मुहम्मद उश्मानले २९–२९ र वहीद अहमदले नटआउट १५ रनको योगदान दिए ।

बलिङमा आयरल्याण्डका मार्क आदिर, ब्वाइड र्याकिंन र डेभिड डेलानीले एक–एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनायो । उसका लागि ओपनर पउल स्टर्लिङले विष्फोटक ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ९ चौकाको सहयोगमा ५८ बलमा ७२ रन बनाए ।

अन्य खेलाडीले भने सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा यूएईका रोहन मुस्तफाले घातक बलिङ गरे । उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

 

Comments

comments

सम्बन्धित शीर्षकहरु