अष्ट्रेलियाबिरुद्ध टि-२० शिरिज खेल्ने श्रीलंकन टिमको घोषणा , सबैभन्दा बुढो खेलाडी बने कप्तान

SHARE:
  •  
  •  
  •  

काठमाण्डौ : अष्ट्रेलियामा हुने सिरिजका लागि श्रीलंका क्रिकेट टिमले टी-२० का लागि १६ सदस्यीय खेलाडीको घोषणा गरेको छ । पाकिस्तान भ्रमणमा नगएका तीव्र गतिका बलर लसिथ मालिंगाको कप्तानीमा श्रीलंकाले टिमको घोषणा गरेको हो । मालिंगा यो श्रीलंकन टिमको सबैभन्दा पाका खेलाडी हुन् ।अष्ट्रेलियामा रहँदा श्रीलंकाले तीन खेलको टी-२० सिरिज खेल्नेछ ।

सिनियर खेलाडीबिना नै पाकिस्तान गएको श्रीलंकाले टी-२० सिरिज ३-० ले क्लिनस्वीप गरेको थियो । पाकिस्तान सिरिजमा राम्रो प्रदर्शन गरेका भानुका राजपाक्क्ष र ओशादा फर्नान्डो पनि १६ सदस्यीय टिममा अटाएका छन् । यसैगरी कुशल मेन्डिस, कुशल परेरा र निरोशान डिकवेलाले टिममा स्थान बनाएका छन् । श्रीलंका र अष्ट्रेलियाबीचको टी-२० सिरिज २७ अक्टोबरदेखि सुरु हुनेछ ।

यस्तो छ १६ सदस्यीय श्रीलंकाली टिम

लासिथ मालिंगा (कप्तान), कुशल परेरा, कुशल मेन्डिज, दनुश्का गुनथिलका, अभिश्का फेर्नान्डो, निरोशान डिकवेला, दसुन शानका, शेहान जयसुर्या, भानुका राजापाक्क्ष, ओशादा फर्नान्डो, वानिन्दु हसरंगा, लक्शन सनादकान, नुवान प्रदीप, लाहिरु कुमारा, इसुरु उदना र कसुन राजिथा ।

चितवन प्लेअफमा

चितवन राइनोज नेपालको पहिलो महिला फ्रेन्चाइज वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । चितवनले लगातार तेस्रो जित निकाल्दै एक खेल बाँकी छँदै प्ले अफमा पुग्ने पहिलो टोली बनेको हो । लगातार तेस्रो जित निकाल्ने क्रममा चिवनले शनिबार पोखरा पल्टनलाई ७ विकेटले पराजित ग¥यो । चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले तथा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको थियो । १ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

चितवनको जितमा ओपनर काजल श्रेष्ठले ५१ रनको अर्धशतकीय इनिङ्सको योगदान दिइन् । काजलले ४७ बलमा ५ चौकासहित ५१ रन जोडिन् । अर्की ओपनर कञ्चन श्रेष्ठ २९ रन जोडिन् । काजल र कञ्चनले पहिलो विकेटको लागि ११औं ओभरमा ७१ रनको साझेदारी गर्दै चितवनको जितको हाभार तयार पारेको थियो । कप्तान इन्दु बर्माले २४ रन जोडिन् । पोखराकी अञ्जली चन्दले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो । कप्तान सीता राना मगरले ६५ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै पोखराको इनिङ्स उकास्ने प्रयास गरेकी थिइन् । सीताले ५६ बलमा ७ चौका एक छक्का प्रहार गरिन् । रेवती धामी ४ रनमा रनआउट भइन् । रुबी पोदार १ रनमा तथा शिला क्षत्री ३ रनमा रन आउट भइन् । कविता कुँवरले १५ रनको योगदान दिइन् । अञ्जली चन्द ४ रनमा क्याच आउट भइन् । तल्लो क्रममा मञ्जु बोगटीले २४ रन जोड्दा पोखरा मध्यम योगफलसम्म पुगेको हो । कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् ।

चितवनले अन्तिम खेल आइतबार विराटनगर टाइटन्ससँग खेल्नेछ । लगातार तेस्रो हार बेहोरको पोखराको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना अंक गणितीय रहेको छ । पहिलो खेलमा पोखरा काठमाडौंसँग ८२ रनले तथा विराटनगरसँग ६ विकेटले पराजित भएको थियो । पोखराले अन्तिम खेलमा सोमबार ललितपुर फाल्कोन्ससँग खेल्नेछ ।

विराटनगरको पहिलो हार

विराटनगर टाइटन्सले डब्लूसीएलमा पहिलो हार बेहोरेको छ । सुरुवाती दुई खेलमा उच्च प्रदर्शनसहित जित निकालेको विराटनगर क्याट क्विन्स काठमाडौंसँग ५२ रनले पराजित भएपछि पहिलो हार बेहोरेको हो । काठमाडौंको भने यो तेस्रो खेलमा दोस्रो जित हो । काठमाडौंले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको विराटनगरले ५ विकेट गुमाउँदै ८७ रन मात्र जोड्न सक्यो । लक्ष्मी चौधरी ४० रनमा अविजित रहे पनि टोलीको हार टार्न सकिनन् । ओपनर ज्योति पाण्डेलाई ४ रनमा तथा अर्की ओपनर सोनु खड्का ५ रनमा आउट भएपछि विराटनगर समस्यामा परेको थियो ।

कप्तान सरिता मगर ३ रनमा सोमु विष्टको बलमा विकेट किपर ममता थापाबाट क्याच आउट भइन् । डोली भट्ट १३ रनमा पभेलियन फर्किइन् । अस्मिना कर्मचार्य ५ रन तथा यशोदा विष्टले २ रन मात्र जोड्न सकिन् । ईश्वरी विष्टले २ तथा कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । त्यसअघि टस हारेर ब्याटिङ थालेको काठमाडौंले २ विकेटको क्षतिमा १ सय ३९ रन जोडेको थियो । रोमा थापा ५३ रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री ३५ रनमा अविजित रहिन् । ओपनर शोभा आलेले २ रन तथा अर्की ओपनर रश्मी चौलागाईंले ३४ रनको योगदान दिइन् । डोली भट्टले १ लिइन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु