समाजसेवामा सक्रिय बन्दै, अभिभावक विहीन बालबालिकालाई रमितले गरे १ लाख नगत सहयोग

काठमान्डौं : बढ्दो कोरोना महामारी र त्यसले निम्त्याएको निषेधाज्ञाकाबीच गरिखाने धेरैको जन-जीवन कष्टपुर्ण बन्दैछ । यो बीचमा पनि असहायहरुलाई आश्रय दिने उद्देश्यले निश्वार्थ भावनाले सहयोगी संस्था चलाइरहेका विभिन्न नामका गृहहरु सहयोगी हातहरुको पर्खाइमा छन् ।

यो बीचमा मनकारी दिल लिएर सहयोगको लागी अग्रसर भइरहेको एक नाम हो अभिनेता रमित ढुङ्गाना । निषेधाज्ञा सुरु हुनै लाग्दा अमेरिकाबाट जन्मभुमी फर्किएका रमितले यसै साता झापा पुगेर आफु गुडविल एम्वास्डर रहेको ‘इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’को तर्फबाट हालै भुटानी शरणार्थीहरुलाई स्वास्थ्य तथा खाद्यान्न सहयोग गरे ।

सोमबार मात्रै राजधानी फर्केका रमितले मंगलबार जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’लाई एक लाख रुपैयाँ नदग सहयोग गरेका छन् । विगत १३ वर्षदेखि उक्त संस्था चलाइरहेकी श्वेता केसीलाई फाउण्डेसनमै पुगेर रमितले उक्त रकम हस्तान्तरण गरे । फाउण्डेसनमा अभिभावक विहीन बनेका २५ जना बालबालिका छन् ।

‘कोरोना महामारीको यो अवस्थामा बाँचौ र बचाऔं’ भन्ने उद्देश्यले सहयोगको लागी पाइला अघि बढाइरहेको छु, रमितले भने, ‘हुने खानेलाई चलिरहेकै छ, बच्चाहरुले न त मागेर खानसक्छन्, न त कहिँ बाहिर नै निस्किन सक्ने अवस्था छ, त्यसैले अफ्ठ्यारोमा परेकाहरुलाई सक्दो सहयोगको लागी आम अपिल पनि अहिलेको आवस्यकता हो ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

sixty ÷ = 12