स्वास्थ्य मन्त्रालयले भन्यो : अनलाइनबाटै टिका लगाउ अनलाइन वा फोनबाट आशिर्बाद लिऊ

काठमाडौं । नेपालमा को’रोना संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले अनलाइनबाटै टिका लगाउन अनुरोध गरेको छ । मान्यजनबाट आशिर्बाद लिन धेरै यात्रा नगर्न तथा बुढा पाका संग आशिर्बाद अथवा टिका नलगाउन अनुरोध गरेको हो ।धेरै भि’डभाड मा जम्मा भएर टिका लगाउदा संक्रमण सारेर दु’र्घटना निम्तन सक्ने मन्त्रालयले बताएको छ ।

घरमै बसेर घर मै बनेका परिकार खाएर दशैँ मनाउदा आफु पनि ब’च्न सकिने र अरुलाई पनि ब’चाउन सकिने मन्त्रालयले जनाएको छ ।त्यस्तै नेपालमा पछिलो २४ घन्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा डा जागेश्वर गौतमका अनुसार १३२७९ जनामा गरिएको पीसीआर परिक्षणमा थप २०५९ जनालाई पुष्टि भएको हो ।

यस संगै नेपालमा को’रोना संक्रमितको संख्या १ लाख नाघेको छ ।प्रबक्ता गौतमका अनुसार आज देशभरी सक्रिय संक्रमितको संख्या २७०५३ जना रहेको छ। यस अघि हिजो १८४७३ जनामा गरिएको पीसीआर परिक्षणमा एकै दिन ४३६४ जनामा को’रोना संक्रमण पुष्टि भएको थियो ।प्रबक्ता गौतमका अनुसार को’रोनालाई जितेर पछिलो २४ घन्टामा १६८० जना घर फर्किएका छन् ।प्रबक्ता गौतमका अनुसार कोरोनालाई जितेर घर फर्कनेको संख्या ७३०२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार पछिलो २४ घन्टामा को’रोना संक्रमण बाट १२ जनाको ज्यान गएको छ ।मन्त्रालयका अनुसार को’रोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ। मन्त्रालयका अनुसार आज काठमाडौंमा १ हजार ११६, ललित पुरमा १६३ र भक्तपुरमा १३० जना नयाँ संक्रमित थपिएका छन्।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

seventy ÷ = ten