क्रिस्टियानो रोनाल्डोको घरमा चोरी, चोरले रोनाल्डोको टोपीसमेत तान्यो !

एजेन्सी । पोर्चुगलको राष्ट्रिय खेलाडी तथा युभेन्टसका स्टाइकर क्रिस्टियानो रोनाल्डोको घरमा चोरी भएको छ । उनको पोचुगलको मडेइरास्थित रहेको घरमा शुक्रबार चोरीको भएको हो । चोरले घरमा पसेर केही बस्तु चोरीसमेत गरेको र अन्य आश्चार्य वस्तु चोर्ने प्रयास समेत गरेको बताइएको छ ।

चोरले रोनाल्डोको घरबाट रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चोरी भएको बताइएको छ । अन्तराष्ट्रिय समाचार माध्यमहरुले घरेलु कामदारले ढोका खोले जस्तै ग्यारेजबाट घर भित्र पसेर चोरी भएको उल्लेख गरेका छन् ।

त्यस्तै प्रहरीले सिसी टिभिमार्फत चोरको पहिचान गरेको पनि बताइएको छ । सीसी टिभी पुटेजमा चोरले रोनाल्डोको टोपी समेत समातेको पनि फुटेजमा देखिएको प्रहरीले जनाएको छ । रोनाल्डो, उनकी प्रमिका र ४ सन्तानले त्यहाँ बिदा मनाइरहेका छन् । सात तलाको उनको घरमा दुई पौडी पोखरी र फुटबल मैदानसमेत रहेको छ । अन्य समयमा उनका आमा र उनका भाई सो घरमा बस्र्दै आएका थिए ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

four + two =