कोरोनाले विवाहितभन्दा अविवाहित व्यक्तिमा मृ’त्युको जो’खिम २ गुणा बढी: अध्ययन

एजेन्सी । विश्वभर महामारकिो रुप लिएको कोरोना भाइरसका विषयमा विभिन्न देशमा विभिन्न शोध तथा अध्ययन भइरहेका छन् । यसैबीच भएको एउटा नयाँ अध्ययनले अविवाहित व्यक्तिमा त’नाव थपिदिएको छ ।कोरोना महामारीसँगै विवाहित जीवन स्वस्थ जीवनको लागि आवश्यक भएको छ । महामारीको सं’कटकालमा यो तर्क सत्य साबित हुन सुरु भएको छ । नयाँ अध्ययनका अनुसार को’विड १९का कारण अविवाहित व्यक्तिहरुमा मृत्यु हुने जो’खिम विवाहितहरुको भन्दा बढी छ ।स्विडेनको स्टकहोम विश्वविद्यालयका शोधकर्ताले यसबारे चे’तावनी पनि दिएका छन् ।

स्टकहोम विश्वविद्यालयका अन्वेषकहरूले अविवाहित व्यक्तिहरु सहित कोरोनाका कारण हुने मृ’त्यु हुने सम्भावना कम आय, कम शिक्षित र कम वा मध्यम आय भएका देशहरूमा बढी हुने दा’वी गरेका छन् । अध्ययन स्विडेनको नेसनल बोर्ड अफ हेल्थ एण्ड वे’लफेयरमा दर्ता भएको स्वीडेनको कोविड १९ को तथ्यांकमा आधारित छ । ’जनरल नेचर क’म्युनिकेसन’ मा प्रकाशित यस अध्ययनका लेखक स्वेन ड्रे’फ्हलकाअनुसार कोभिड १९ बाट हुने मृ’त्युसँग धेरै ठूला तथ्यहरु जो’डिएको छ ।उक्त रिपोर्टअनुसार अविवाहित व्यक्तिहरूमा कोभिड १९ का कारण मृ’त्युको जो’खिम विवाहित व्यक्तिमा भन्दा डेढदेखि दुईगुणासम्म बढी हुने गरेको छ ।

यो सूचीमा अविवाहित, एकल महिला तथा पुरुष र सम्बन्ध वि’च्छेद भएका व्यक्तिहरू पनि रहेका छन् ।प्र’तिवेदनमा कोभिड १९ का कारण पुरुषमा मृ’त्युको जो’खिम महिलाको तुलनामा दुई गुणा बढी रहेको अर्को ठू’लो दा’बी पनि गरिएको छ । यसअघि केही अध्ययनमा एकल वा अविवाहित मानिस विभिन्न रो’गका कारण बढी मर्ने तथ्याङ्क रहेको भनिएको थियो ।ड्रे’फ्हलकाअनुसार अविवाहित व्यक्तिले विवाहित जोडीभन्दा कम सुरक्षित वातावरण प्राप्त गर्दछ । त्यसकारण, विवाहित जोडीहरू अविवाहित मानिसहरु भन्दा कम बि’रामी हुन्छन् र स्वस्थ जीवनको आ’नन्द लिन सक्दछन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

nine × = 45