फुटबल कप्तान चेम्जोङको प्रश्न : ‘रंगशाला फिल्मको सुटिङ गर्न खुल्ने तर फूटबलका लागि किन नखुलेको’

काठमाडौं, २७ असोज । नेपाली राट्रिय फुटबल टिमका कप्तान किरन चेम्जोङ लिम्बूले सरकारलाई खुला पत्र लेखेका छन् । उनले सामाजिक संजाल फेशबुक मार्फत केही शब्द खर्चिदै सबै क्षेत्र खुला हुँदा खेलकुद क्षेत्र बन्द हुनु दु:खद भएको बताउदै सबै स्वास्थ्य मापदण्ड पूरा गरेर खेलकुद क्षेत्र खुलउन सरकारलाई आग्रह गरेका छन् ।

उनले कोरोनाको नाममा खेलाडीलाई फुटबल मैदान छिर्न नदिने तर फिल्म सुटिङका लागि मानिस छिर्न दिने गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । उनले प्रशिक्षण र खेल मैदानको प्रतिबन्धका कारण फूटबल खेलाडीले खेल्न बिर्सी सकेको भन्दै सरकारलाई फूटबल राजनीति जस्तो बोलेर मख्ख पर्ने क्षेत्र नभएको बताएका छन् । कप्तान किरनले फूटबल हात खुट्टाले दिमाग् लगएर खेल्ने भएकाले चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो नहुने बताएका छन् ।

किरनको खुला पत्र यस्तो छ

आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्मानयि सरकार ज्यूलाई मेरो सानो खुला पत्र लेखन चाहन्छु !

म नेपाली राष्ट्रिय टोलिको तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्यक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहान्छु भने फूटबल मात्रै नभएर सम्पूर्ण खेलकुद ुचारु गर्न सबै मापदण्ड पूरा गरि पूर्ण सुचारु गर्न हजुरहरुलाई आनुरोध गर्दछु । किन एककान दुईकान गर्दै हुनुहुन्छ । के खेलाडी सँधै मर्कामापर्नु पर्ने हो । यदी हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी चै सधैं काठमाडौंको धुलोमा तपाईंहरु चै चिलो गाडीमा।

नेपालको खेलकुद मन्त्रालय र नेपाली खेलकुद परिषदका मान्य ज्यू र आदरणीय नेपाल सरकार जिउले सायद बिर्सनु भयो होला देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको छ । तर यतिका महिना खेलाडी खेलकुद कुन दुर्दसामा छ । एउटा छनक पनि चासोको विषय नबनाको देख्दा फूटबलमा भबिष्य खोज्ने भाइ बहिनीहरुमा कतिको असर परेको छ भन्ने कुरा खसलस्त रुपमा देखिन सकिन छ।

सम्पूर्ण देशमा फूटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोली दिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुद लागि पनि बोलिदिने मान्छे भएन । सबै देशमा फूटबल सुरु भैसक्दा पनि हाम्रो देसमा खेलमैदानको लागि दु:खद घडीमा बनाको रंगशालामा फिल्मको सुटिङ र म्युजिक भिडिओको लागि प्रवेश खुल्ला हुने । तर फूटबलका लागि खेल्न चै किन नहुने फूटबलले देशका लागि त्यति ठूलो असर पार्छ ? अबका दिनमा सम्पूर्ण खेल मैदानमा खेल सुचारु गरिदिन अनुरोध गर्दछु । आखिर कहिलेसम्म नेपाली फूटबलको लोकदोहोरी फेस्बुकमा हेरेर बस्ने हामीले । नेपाली फूटबलको बिकाशका लागि कसैले केही गरिदिएको देखिन। फूटबल खेलाडीले खेल्न बिर्सीसके सरकार फूटबल राजनिती जस्तो होइन बोलेर मख्ख पर्न फूटबलमा हात खुट्टाले दिमाग लगाएर खेल्ने चिज हो । चिलो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न । २ खुट्टा चलाए घर परिवार हेर्नूपर्ने हुन्छ ।

७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कस्ले दिन्छ ? जुन खेलाडी खेलेर नै जिबिका चलाउथ्यो ऊ त आज भोलि खेलमैदान छोडेर बिदेश पो जाँदै छ त लाज हुने कुरा होइन ? यो खेलाडी र खेलकुद राज्यको हाे मान्य ज्यू। जय देश जय देश जय नेपाली फूटबल ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

+ thirty two = thirty nine