जापान सरकारबाट अनुदानित ५,४८००० डोज खोप काठमाडौं आइपुग्यो (फोटो फिचर)

काठमाडौँ । जापान सरकारको अनुदानमा प्राप्त १६ लाख डोज खोपमध्ये शनिबार ५ लाख ४८ हजार डोज खोप काठमाडौं आइपुगेको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले उक्त खोप स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य सचिव रोशन पोखरेल, परराष्ट्र मन्त्रालयका उत्तरी एसिया मामिला हेर्ने सहसचिव लोकबहादु थापा, संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) का प्रतिनिध र विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का नेपाल प्रतिनिधि डा. राजेश सम्भाजीराओ पाण्डवको उपस्थितिमा हस्तान्तरण गरेका छन् ।

जापान सरकारले आइतबार थप २ लाख ५२ हजार डोज खोप पठाउँदैछ । जापानले कोभ्याक्स फेसेलिटी अन्तर्गत नेपाललाई अनुदानमा खोप उपलब्ध गराएको हो । जापानी विदेश मन्त्री मोतेगी तोसिमिस्तुले असार २९ मा नेपाललाई १६ लाख अष्ट्रोजेनेका खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।

शनिबार प्राप्त र आइतबार आउन लागेको समेत गरी जापानले प्रतिवद्धता गरेकोमध्ये आधा खोप नेपालले प्राप्त गर्नेछ । खोप हस्तान्तरण गर्दै राजदूत किकुताले ‘जापानी जनताने नेपालसँगको मित्रता स्वरूप खोप पठाएको’ बताए ।

उनले जापान सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको खोप अभियानलाई जापान सरकारले सहयोग गर्ने पनि उल्लेख गरे । उनले को,भिड–१९ पछि नेपालको आर्थिक सामाजिक उन्नयनका लागि जापान सरकारले सधैं सहयोग जारी राख्ने बताए ।

‘अन्तर्राष्ट्रिय समुदायको उदार सहयोगले हामी कोभिड–१९ का कारण उत्पन्न कठिनाइहरू न्यूनीकरण गर्दै जनजीवनमा सहजतातर्फ प्रवेश गर्नेछौं,’ उनले भने ।

जापानले नेपाललाई को,भिड–१९ विरुद्धको लडाइँमा मेडिकल उपकरण लगायत विविधि सहयोग प्रदान गर्दै आएको छ । राजदूत किकुताले कोभिड महामारीबाट मुक्त हुन नेपाललाई सहयोग जारी राख्ने बताएका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ninety eight ÷ fourteen =