एप्पलले सार्वजनिक गर्‍यो फाईभ जी सहितको आईफोन-१२, मुल्य पनि निकै सस्तो

काठमाडौं । एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। गएराती सम्पन्न एप्पल इभेन्टमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कोकले आइफोन-१२ सार्बजनिक गरेका हुन् ।

एप्पलले आइफोन–१२, ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुने जनाएको छ । यस्तै आइफोन–१२ मिनी पनि ६४, १२८ र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध हुनेछ । फाइफोन–१२ प्रो को स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी तथा आइफोन–१२ प्रो म्याक्सको स्टोरेज क्षमता १२८, २५६ र ५१२ जिबी रहेको एप्पलले जनाएको छ ।

फाइभजी प्रविधिमा उपलब्ध हुने आइफोनका नयाँ मोडेलमा ओलेड स्क्रिन लगाइएको छ। एप्पलका सिईओ कुकले नयाँ फोनमा उच्च गुणस्तरमा भिडियोको स्ट्रिमिङ हुने, भिडिय गेम खेल्दा अझ बढि रोमाञ्चाकता आउने बताए।

कति होला मूल्य?

सार्वजनिक गरिएका आईफोनको मूल्य १ लाख १० हजार ३ सय ६५ रूपैयाँदेखि करिब दुई लाख ५ हजार रूपैयाँको बीचमा रहेको छ।
कम्पनीले सार्वजनिक गरेको मूल्यसूचि अनुसार आईफोन-१२ मिनिको मूल्य १ लाख १० हजार १ सय ९९ रूपैयाँ छ भने आईफोन १२ को मूल्य १ लाख २५ हजार ९ सय ६४ रूपैंया रहेको छ।

यस्तै आईफोन १२ प्रो र आईफोन-१२ प्रो म्याक्सको मूल्य क्रमशः १ लाख ८९ हजार २५ तथा २ लाख ४ हजार ७ सय ९० रूपैयाँ तोकिएको छ। यी मोडलहरूमा स्टोरेज अनुसार मूल्य फरक पर्नसक्नेछ।

बजारमा कहिलेसम्म उपलब्ध हुनेछ?

विश्व बजारमा आईफोन-१२ मिनिको प्रि-अडर ६ नोभेम्बरबाट सिरू हुनेछ भने १३ नोभेम्बरदेखि ग्राहकको हातमा पर्नेछ। यस्तै आईफोन-१२ आईफोन-१२ प्रोको प्रिअडर १६ अक्टुबरबाट सुरू हुनेछ भने २३ अक्टुबरबाट ग्राहकले पाउनेछन्। आईफोन-१२ प्रो म्याक्सका लागि ग्राहकहरूले १३ अक्टुबरबाट प्रिअडर गर्नसक्नेछन् भने २० नोभेम्बरबाट बिक्री सुरू हुनेछ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

÷ seven = one