को-रोनाको ‘रेड जोन’ मा काठमाडौ, निषेधाज्ञामा कडाइ गरिँदै !

काठमाडौं । को,रोना सङ्क्र,मितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि काठमाडौं उपत्यका फेरी ‘रेड जोन’मा परेको छ ।आम सर्वसाधारणले महा,मारी प्रति सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा बेवास्ता गर्दै भिडभाड केन्द्रित गतिविधि बढाउँदै लगेपछि काठमाडौं प्रशासन यही गतिमा सङ्क्रमण बढ्दै गए पुनः निषेधाज्ञालाई कडाइ गर्ने तयारीमा पुगेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्यसँग सम्बन्धी निकायले काठमाडौंलाई रेड जोनमा नै रहेको बताएकाले जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मा,पद,ण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेको र भिडभाड नगर्न, मास्कको प्रयोग गर्न र जथाभाबी घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै आइरहेको बताए ।

‘हामीले अनुगमन टोली नै गठन गरेर स्वास्थ्य मापदण्ड पालना भए नभएकोबारे अनुगमन गर्दै आइरहेका छौं, आम सर्वसाधारणलाई जथाभाबी भिडभाड नगर्न, मास्कको प्रयोग गर्न र बिना काम घर बाहिर ननिस्कनसमेत आग्रह गरिरहेका छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले हाम्राकुरासँग भने ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिवारसम्म काठमाडौंमा ८ हजार ५७९, ललितपुरमा १ हजार ३१९ र भक्तपुरमा १ हजार ९१८ सक्रिय सङ्क्रमित छन् ।

प्रमुख जिल्ला अधिकारी पराजुलीले सङ्क्रमणको दर कम हुने भन्दा बढ्दो गतितर्फ रहेकाले प्रशासनले थप सङ्क्रमण दरको समीक्षा गर्दै निषेधाज्ञाको कडाइमा आवश्यक निणर्य लिने तयारी गरिरहेको जानकारी दिए ।

‘आठ गतेसम्म त निषेधाज्ञा कायम नै छ, सङ्क्रमणको आगामी तथ्याङ्कको विश्लेषण गरेर कस्तो मोडालिटीमा निषेधाज्ञालाई अघि बढाउने भन्ने तय गर्छौं, अबको निषेधाज्ञामा केही कडाइ त हुन्छ नै,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने ।

हाल भने काठमाडौं प्रशासनले राती ८ वजेबाट सवारी साधन सञ्चालनमा रोक लगाइसकेको छ । रातीको समयमा भेटघाट बढी हुने भएकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।

हाल को,रोना सङ्क्र,मणको गति बढ्दै जाँदा काठमाडौं उपत्यकाका निजी तथा सरकारी अस्पतालमा को,रोना सङ्क्र,मित बिरामीहरूसमेत बढ्न थालिसकेका छन् भने सङ्क्रमितको सङ्ख्यासँगै मृत्युदरसमेत बढ्दै जान थालेको छ ।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञा ८ भदौसम्म कायम गर्ने निर्णय गरेका थिए । काठमाडौं उपत्यकामा १६ वैशाखबाट निषेधाज्ञा जारी गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल दैनिक १० हजार हाराहारीमा कोरोना परीक्षण भइरहेको छ । यो परीक्षण हेर्दा प्रत्येक चार जनामा एक लाई सङ्क्र,मण पुष्टि भइरहेको छ । परीक्षणका क्रममा काठमाडौं उपत्यकालगायत ठुला सहरमा दैनिक २० देखि २५ प्रतिशतसम्म सङ्क्रमण पुष्टि भइरहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले शुक्रवार मात्रै कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै ७७ वटै जिल्लामा पहिलो र दोस्रो चरणमा सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले देशभरका बन्द कोभिड(१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताललाई पुनः सूचीकरण एवं सञ्चालन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =