हाँस्य कलाकार शम्भुराज थापाको पाटन अस्पतालमा निधन

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि ध न भएको छ । शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको नि ध न भएको पारिवारिक स्रोतले जनाएको छ । को रो ना स क्र मित भएपछि थापालाई दुई साताअघि पाटन अस्पताल भर्ना गरिएको थियो ।

स ङ्क्रमण पुष्टि भएपछि केहि दिन अगाडि अस्पताल भर्ना गरिएका थापाको स्वास्थ्यमा झन् ज टि ल ता देखिएको कारण मंगलबार साँझबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

‘केहि दिन अगाडि अस्पताल भर्ना भएका थापाको मंगलबार दिनसम्म अवस्था सामान्य नै रहेको थियो’ ‘मंगलबार साँझबाट श्वास प्रश्वासलगायत केही समस्या देखिएकोले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा सारिएको थियो ।’

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्र अभिनय गरेका छन् ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

− one = 2