प्रचण्ड रुघाखोकी र ज्वरोले विरामी, को-रोना रिपोर्ट नेगेटिभ !

काठमान्डौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुघाखोकी र ज्वरोले सताएको उनको निजी सचिवालयले जनाएको छ।

केही दिनदेखि बि-रामी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रुघाखोकी र ज्वरो आएपछि कोभिड(१९ परीक्षण गरिएको थियो।

उनकी निजी सहयोगी तथा छोरी गंगा दाहालले केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपनि अहिले अवस्था सामान्य भइसकेको बताएकी छन्।

‘देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छु, उनले भनेकी छन्, ‘अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। को-भिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ।’

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

2 × three =