काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बार्दलीमा उभिएर चर्चामा आउनु गलत हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा आफूलाई काम गर्न नदिइएको र बार्दलीमा उभिएर चर्चामा आउनु गलत नभएको बताए ।
उनले भने, ‘आफूले बार्दलीमा उभिएर चर्चामा आउनु गलत हो रु हिजोको सरकारलाई काम गर्न दिइएन, अहिलेको सरकारले कामै नगरेर संसद चलेन ।’
आफूले ल्याएको अध्यादेश कुनै पनि दल विभाजन गर्न नल्याइएको पनि उनले सम्मेलनमा भनेका छन् । उनका अनुसार अहिलेको सरकारले पार्टी फुटाउनकै निम्ति राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ ।
त्यसपछि माधवकुमार नेपाल नेतृत्वले आयोगमा दर्ता गरेको नयाँ पार्टी एकीकृत समाजवादीले कम्युनिष्ट एकतालाई असर नगर्ने बताए । उलने टुक्राटाक्री जोडेर बनेको पार्टीले एमालेलाई असर नगर्ने र एमाले नै कम्युनिष्टको मूलधार रहेको पनि स्पष्ट पारे ।