काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यक्तिगत जीवनमा जति नै संकट पर्दा पनि त्यसलाई भुलेर रमाइलो गर्न रुचाउने नेता हुन् ।
नेकपा एमाले विभाजन भएकै दिन बुधबार बालकोटस्थित आफ्नो निवासमा ओलीले पत्नी राधिका शाक्यको जन्म दिन मनाए । यसक्रममा उनी ‘म त कति भाग्यमानी’ बोलको गीतमा छमछमी नाचे ।
बुधबारै दिउँसो तुल्सीलाल प्रतिष्ठानमा नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सवा घण्टा बढी समय बिताएका थिए ।
दिउँसोको कार्यक्रम सकिएपछि बालकोटमा आफ्ना सीमित कार्यकर्तासँग नाचेर उनले पत्नी राधिका शाक्यको जन्म दिन मनाएका हुन् ।
Facebook Comments Box