नेपाललाई लोडसेडिङमु’क्त बनाइ ४ वर्षे कार्यकाल सकाएर बि’दा भए कुलमान !

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार राति १२ बजे सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नि’युक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुं’गिएको छैन ।उनले आइतबार प्राधिकरणमा यो कार्यकालको अन्तिम पटक हाजिर गरे ।

अब अर्को कार्यकलका लागि नि’युक्त भए मात्रै उनी प्राधिकरण फ’र्किनेछन् ।२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नि’युक्त भएका थिए । चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा ता’निएर जि’म्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नि’युक्ति गरेका थिए ।

कुलमान दोस्रो कार्यकालका लागि दो’होरिने चर्चा पनि छ । तर, अहिलेसम्म मन्त्रिपरिषदमा उनलाई दो’होर्‍याउने गरी प्र’स्ताव पुगेको छैन ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार मात्रै भएकाले प्रा’धिकरणका नयाँ कार्यकारी निर्देशक नि’युक्तिको निर्णय भोलि मात्रै हुने सम्भावना छ ।

Facebook Comments Box

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

Recommended For You

Leave a Reply

Your email address will not be published.

ten × one =